• कोरोनाको संक्रमण थप २४ जनामा देखियो, संक्रमितको संख्या २४३ पुग्यो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार २०:०१

    काठमाडौ ।आज थप २४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला,काठमाडौं, र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला,रुपन्देहीमा गरिएको परिक्षणअनुसार उनीहरुमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    संक्रमित हुनेमा रुपन्देही निवासी २२,२२,२५,२८,३०,३२,३३,४१;वर्षीय पुरुषहरु र ४,१०,२८ वर्षीय महिला छन् ।

    त्यस्तै, कपिलवस्तु निवासी २२,२९,३२,४०,४०,४०,४२,४२ वर्षीय पुरुषहरु छन् भने पर्सा निवासी ३६,७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला छन् ।

    यस्तै, नवलपरासी निवासी ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु