दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली भूमि भाडामा लगाउन सकिने तर छोड्न नसकिने : प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ३१ गते, बुधबार २१:२९

काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाली भूमि लिपुलेकमा भारतले खनेको सडक उसलाई भाडामा लगाउन सकिने तर भूमि छोड्न नसकिने बताएका छन्।

आज बसेको सर्वदलीय बैठकमा ओलीले सडक प्रयोजनका लागि भाडामा दिने अन्तर्राष्ट्रिय अभ्यास रहेको औंल्याउँदै नेपालले पनि सो अभ्यास गर्न सक्ने बताएका थिए। तर पहिले भूमिमै नेपालकाे स्वामित्व स्थापित गर्नुपर्नेमा उनले जाेड दिएका थिए।

भारतसँग कुटनीतिक तवरले नै कालापानी, लिपुलेक, लिम्पियाधुराको विषय टुंगो लगाउनुपर्नेमा जोड दिएको छलफलमा सहभागी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जानकारी दिए।

मानसरोवर जानका लागि कतिपय सडक स्थानीयले नै खनेको पनि हुन सक्ने प्रधानमन्त्रीले बताएका थिए। भारतको पिथौरागढबाट नेपालको कालापानीस्थित गुञ्जी हुँदै चीनको मानसरोवर जाने लिपुभञ्याङसम्मको सडक निर्माण गरी भारतले केही दिनअघि उद्घाटन गरेको थियो।

‘हामीले भारतले एकतर्फी सडक खनेको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजान भनेका थियौं, तर प्रधानमन्त्रीले कुटनीतिक तवरले टुंगो लगाउनुपर्नेमा जोड दिनुभयो’ सांसद सुवालले भने।

त्यस्तै छलफलका क्रममा मजदुर किसान पार्टीले एमसिसी पारित गर्न नहुने सुझाव दिएको उनले बताए। उनका अनुसार छलफलका क्रममा नेपाली कांग्रेसले एमसिसी पारित गर्नुपर्ने सुझाव दिएको थियो।

कांग्रेसले तत्काल भारतसँग नेपाली भूमिमा भएको अतिक्रमणको विषय उठाएर छलफल थाल्न सुझाव दिएको छ। त्यस्तै समाजवादी जनता पार्टीले मधेसी जनताले नै सीमामा पहरेदारको भूमिका निर्वाह गरेको भन्दै सरकारलाई यथार्थ नक्सा सार्वजनिक गर्न सुझाव दिएको छ।

‘समाजवादी जनता पार्टीले एक इन्च भूमि मिच्न दिँदैन, हाम्रो भूमि कति हो यथार्थ नक्सा चाहियो’ समाजवादी जनता पार्टीका नेता शरतसिंह भण्डारीले भने।

तत्काल भारत र चीनसँग राजनीतिक र कुटनीतिक वार्ता गर्न पार्टीले सुझाव दिएको उनले बताए।

सन्जिब बगाले /सेतोपाटी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु