• कुवेतबाट सुरेश को आग्रह=आफ्नो मातृभुमी सम्म फर्कने बाताबरण मिलाइदिनुहोस टिकट हामी नै काटेर आउने छौँ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ०५:४२

    सुरेश ग्याबा तामाङ

    विश्व यतिबेला मानव सभ्यता लाई नै चुनौती दिने माहामारी कोरोना भाइरस COVID 19 बाट आक्रान्त छ, यश बाट मै हु भन्नेहरु, आफुलाइ शक्तिशाली ठान्नेहरु, कुस्तौ सम्पत्ति हुनेहरू, आफुलाइ बलियो बाङ्गो ठान्नेहरु, न धनी न गरिब, न निर्धो न बलियो कोहि पनि अक्षुतो रहन सकेन ।

    सबैजना त्रसित छन, कुन बेला आफ्नो जान पहिचान को मान्छेहरू गुम्ने पीर, कुन बेला बोल्दा बोल्दैका साथी भाइ, आफन्त र परिवार गुम्ने पिर त कुन बेला आफू नै शिकार हुने पिर, मानव देखि मानव नै काल लाई नै भेटेझै, मानव नजिकिदा बम बारुद बोकेर, हातमा हतियार बोकेर आफ्नो जिबनलिला समाप्त गर्न आएझै डर, त्रास अनि पिरै पिर को जन्जालोमा फसेका छन यतिबेला विश्व का मानव जाति । विश्व का प्राय गरि सबै मुलुक लकडाउन मा छ, यसै क्रममा कयौं को रोजगारी गुम्यो, कयौं लाई काम गरिरहेको कम्पनी बाट गलहत्याय । करिब करिब २ महिना भन्दा बढी बन्दाबन्दिले गर्दा जे जति रासनपानी थिए ती सबै सिद्धिएको अबस्थामा छ । कसै सङ्ग फुटेको कौडी छैन भने, कसै सङग भएर पनि किनेर खान पाको छैन, पैसा चपाएर नहुने रहेछ मानव जातिलाई, सबैभन्दा प्यारो आफ्नो प्राण जोगाउन खाना नै खानु पर्ने रहेछ, जुन खाद्यान्न को कमि भैरहेको छ ।
    कसले फलाउने अब कसले उमार्ने ? काम गर्ने बाताबरण छैन घर भित्र लुकेर बस्नु पर्ने छ । उत्पादन नभयसी भाको सिद्धिन समय नलाग्दो रहेछ, पापी पेट न हो नभाको बेला धेरै भोक लाग्दो रहेछ ।

    माहामारी बाट अछुतो रहन नसकेको मेरो देश नेपाल को कयौं युबाहरु बेरोजगारी का कारण अबसर र रोजगारी को लागी सुन्दर भबिस्यको कल्पना गरि सुन्दर सपना बोकेर बिश्व का कैयन देशहरूमा मा आफुलाइ बेचाइएका, आफुलाइ बन्धक बनाएका छन । कोरोना महामारी हुनु पुर्ब आफ्नो जन्म देश, नेपाल आमाको अर्थतन्त्र लाई मजबुत बनाउन देश बनाउन नेताहरुको मात्र होइन हाम्रो पनि दायित्व हो भनी दिनरात नभनी, अरु देशका नागरिकको हेपाइ चेपाइ सहेर, गाली गलौज सहेर, तपतप पसिना चुहाउदै, तपतप आसु आदि निल्दै आदि चुहाउदै कमाएर देशमा रेमिट्यान्स भित्र्याउन अहोरात्र खटिरहे । तर…… तर आज तिनै युबाहरु महिनौ सम्म अर्काको भुमिमा कोरोना को लडाइँमा थलिएका छन । कोहि सङ्क्रमित भएर अस्पतालको शैयामा नेपाल आमा, आफ्नो घरपरिवार सम्झदै छटपटाइ रहेका छन, कति केही धन कमाएर सुन्दर भबिश्य बनाउने सपना बुनेर आएकाहरु अरु कारण बिते रातो बाकसमा भएपनि कमसेकम लास नै भएपनी मातृभुमी टेक्न त पाउथे त्यो अबसर बाट पनि बन्चित भएर कहिल्यै नफर्कने गरि अल्लाह, गड को प्यारो भैसकेका छन भने अधिकाम्स कुन बेला के हुने हो भय, डर र त्रासमा सियोको टुप्पोमा, हत्केलामा ज्यान राखेर प्याक प्याक ओठ सुकाएर, आँखा र पेट सुकाएर, अनुहार मा भएको सबै खुसी लुटाएर एक मुठी श्वास लाई बचाएर प्राण जोगाउने झिनो भन्दा झिनो आसमा बसेका छन । सङ्गै एउटै कार्य क्षत्रमा काम गर्ने सहकर्मी गुमाएको आफ्नै कानले सुनेका छन, नजिक बाट मृत्यु लाई नियालेका छन यसर्थ आफुपनी शिकार भैहाल्ने होकि भन्ने ठूलो त्रास छ, जसरी भयानक हिस्रक जनावरको अगाडि उभिए झै ।

    सरकारले जुन जुन मुलुक, स्थान मा जे जस्तो अबस्थामा छन त्यहीँ बस्नु भन्ने निर्देश लाई प्रबासमा रहेका युबाहरुले नागरिकहरुले आज्ञाकारी भएर मान्यौ, देशको अर्थतन्त्र मजबुद भए देश सम्पन्न हुन्छ तसर्थ देशमा मैले दुख गरेर रेमिट्यान्स भित्राउनु पर्छ भनेर बुझ्ने बुझकी युबाहरुले सबै युबाहरु एकै समय मुलुक फर्के यो सङ्क्रमन ले अझै थप भयावह स्थिती ल्याउछ त्यसैले हामी सरकारको निर्देशन पालना गरेर देशलाई बचाऔ, आफन्त घरपरिवार बचाऔ भनेर यो सङ्क्रमण सुरु भए सङ्गै आजको मिति सम्म बुझेरै बस्यौं । तर ….. तर समय बित्दै जादा समस्याहरू पर्खाल बनेर उभियो, कम्पनी बन्द भए, कति कम्पनिले गलहत्याए, त्यति मात्र कहाँ हो र आफ्नो मुलुक फर्कन भने, आफू सङ्ग भएको पैसा सकिदै गयो, भएको जे जति रासन सकिदै गयो, ढुङ्गा खाउ या माटो खाउ को स्थिति सृजना हुँदै गयो । तसर्थ यी भोकाएका पेटहरुले, तिर्खाएका ओठहरुले, गढिदै गएका आँखाहरुले, आत्तिदै गएका मनहरुले मर्नु भन्दा पहिला आफ्नै माटो टेकु भन्दोरहेछ, आफ्नै नेपाल आमाको काखमा पल्टिन पाउ भन्दोरहेछ, आफ्नै आफन्तजन, इस्टमित्र, साथिभाइ र परिवारको ओरिपरी हुन पाउ भन्दोरहेछ ।

    त्यसैले सरकार, ३ करोड नेपाली जनताका अभिभावक आफ्नो माटोमा टेक्न अनि आफ्नै देश फकिने अवसर दिनुस् थररर काप्दै गरेका मेरा दस औंला जोडि हार्दिक बिनम्रतका साथ अनुरोध छ ।
    सायदै, सरकारलाई ३ करोड नेपाली जनताका मेरो अबिभाबकलाइ यत्रो जनता ल्याएर कसरी ब्यबस्थापन गर्ने ? यसले आर्थिक भार थपिन्छ, कसरी धान्ने ? भन्ने पनि हुन सक्ला तर पनि केही उपाय सोच्न सकिन्छ हुन त हामी एउटा सानो मान्छे, अर्काको मुलुकमा ज्यालादारी, नोकरी गर्ने मान्छे अबिभाबकलाइ सल्लाह दिने हैसियत त नहोला तर पनि मर्नु भन्दा बौलाउनु

    निको भन्ने स्थितिमा उभिइरहदा सल्लाह दिन पनि उपयुक्त ठान्दोरहेछ । प्रबासमा फसिएका हामी युबाहरुलाइ ठूलो धनराशि खर्चेर अरु सम्पन्न मुलुक ले झै पिलेन चार्टर गरिरहनु पर्दैन, सिर्फ कुटनैतिक सम्बन्धबाट, कुटनैतिक छलफलबाट आफ्नो मातृभुमी सम्म फर्कने बाताबरण मिलाइदिनुहोस टिकट हामी नै काटेर आउने छौँ । नेपाल मा थुप्रै ५ तारे होटल देखि लियर स-साना होटल लजहरु यतिबेला व्यापार नभएर चकमन्न भएर बसेको अबस्थामा छन, ती होटल लजहरुमा हैसियत पुग्नेहरुलाइ १४ दिन या २१ दिनसम्म क्वारेन्टाइन बस्ने बाताबरण मिलाउनुहोस प्रबासको भुमिमा पलपल मर्नु भन्दा रिण धन गरेरै भएपनी आफुलाइ पालिने हैसियत राख्नेछौ यसो गर्दा ती बन्द भएर बसेका होटल लजहरुले व्यापार पाउनेछन भने सरकारलाई कहाँ, कसरी क्वारेन्टाइन मा राख्ने भन्ने चिन्ताको हल हुनेछ । या त यतिबेला सरकारी र निजि शैक्षिक सस्थाहरु बन्द छन त्यहाँ संचालित सवारी साधनहरु पनि थन्कियर बसेका छन ती शैक्षिक सस्थाहरुमा क्वारेन्टाइन को ब्यबस्था गरि ती थन्कियर बसेका सवारी साधनहरु प्रयोग गरि बिमानस्थलबाट नै क्वारेन्टाइन सम्म लाने ब्यबस्था गर्न सके अर्को यो उपाय पनि समस्याको समाधान हुने थियो । हैन भने त्यसो गर्दा पनि संभब नभए विमान स्थलबाट नै आ-आफ्नो गृह जिल्ला पठाउन सवारी साधन को ब्यबस्था गरि गृह जिल्ला पठाउने र स्थानीय सरकारलाई क्वारेन्टाइन को ब्यबस्था गराउन निर्देशन दिन सके पनि अहिलेको जर्जर समस्यालाई समाधानको बाटोमा लान सकिन्छ र प्रबासमा फसिएका आफ्ना नागरिकलाई आफ्नै मुलुकमा ब्यबस्थित ढङ्गबाट फर्काउन सकिन्छ । जसले गर्दा नेपाल को राष्ट्रियता सम्बन्धमा प्रश्नचिन्ह खडा हुने अबसर पाउदैन भने अन्तर्राष्ट्रिय जगतमा नेपाल सरकारले गरेको कार्यलाई प्रशम्सा गर्नेछ ।

    अन्तमा, सरकार ३ करोड नेपाली जनताका अबिभाबक,…. हो हामी प्रबासमा भएका युबाहरु फर्कदा पक्कै पनि ब्यबस्थापन गर्न गाह्रो हुन्छ, अहिलेको स्थिति भन्दा झन जर्जर स्थिती हुन सक्ला हामिले बुझेका छौँ, हामिले यो पनि बुझेका छौँ कि देश को हितमा कार्य गर्नु, अहिलेको यो जर्जर सङ्क्रमण बाट देशलाई बचाउन नागरिक भएको हैसियतले हाम्रो पनि कर्तब्य हुन आउँछ । तर यो महामारी चाडै समाप्त होला र पहिले झै सामान्य स्थितिमा फर्किएला भन्ने आसा लाई दिनानुदिन जटिलता तर्फ धकेलिदै जानू, बैज्ञानिकहरु लागि परेर पनि तत्कालै केही आसाबादी हुन नपाउनु ले र समयले बाध्य बनायो, स्थिती परिस्थिति ले यो मोडमा उभ्यायो । सोचेका थियौं यश बिषयमा अबिभाबक बाट बिकल्पसहित समाधान को उपाय अपनाएर आफ्ना नागरिकलाई ब्यबस्थित ढङ्गबाट फर्काउने छ तर त्यो आसा निराशामा परिणत भयो । समस्याको समाधानमा तत्कालै खर्चिनु पर्ने समय कुर्सिको खेलमा लाग्नु भो, घुस, भागबन्डा मा लाग्नु भो, राजनीति अपरिहार्य हो थाहा छ र पनि स्वस्थ राजनीति मा लाग्नुपर्नेमा फोहोरी राजनीतिक खेलमा लाग्नु भो, यी सब क्रियाकलाप हेरिरहेका, देशमा रेमिट्यान्स भित्र्याउन दिनरात खटिरहेका अनि देश फर्कने झिनो आस बोकेर आसाबादी भएर बसेका युबाहरुको मन कुढिएको छ, चित्त दुखेको छ, सरकारले अबिभाबकले अनागरिक को व्यबहार गरेको भान भएको छ ।

    प्रबासी युबाहरुको बाध्यता र बिबसता छ । सरकार,…. देश फर्कन देउ, आफ्नो माटो टेक्ने अबसर देउ, आफ्नो देश फर्कने सपना साकार पार्न देउ आफ्नो मुलुकमा कन्दमुल खोजेर खायर भएपनि हामी बाच्नेछौ बरु हामी आफ्नो मुलुकमा आयर आफ्नै पाखा पखेरा हरियाली पार्नेछौ, बर्षौ देखि बाझो बसेका खेतबारीमा सुन फलाउने छौं, कोरोनाले बाच्न सिकाएको छ त्यसलाई सार्थक पार्ने छौँ, आयात मात्र हैन हाम्रो कृषि उब्जनी निर्यात गर्ने हैसियत राख्नेछौ, कृषिप्रधान मुलुक लाई सार्थक पार्नेछौ र सन्सारलाइ देखाउनेछौ । सबै जना एक भएर कोरोना विरुद्ध को लडाइमा सहभागी भएर लड्नेछौ, प्रबास बाट फर्काइएका युबाहरुलाइ बिकल्प सहित हामिले जानेका सीप ज्ञान सङ्ग सम्बन्धित काम मा अबसर दिनुहोस प्रबासमा जसरी खट्यौ त्यसरी नै खटेर देशको अर्थतन्त्र मजबुत बनाउने काममा लागि पर्नेछौ, देश निर्माण मा लागि पर्नेछौ, यदि ब्यबस्थापन हुन सकेन भने सरकार मेरो अबिभाबक बेरोजगारी बढ्नेछ यसले कोरोना भन्दा जर्जर समस्या उत्पन्न हुनेछ चोरी, डकैती, हत्याहिंसा, लुटपाट आदि आदि…… ।

    सरकार ३ करोड नेपाली जनताका अबिभाबक, ….अब कठोर नबन्नुहोस, ढुङ्गा को मन नबनाउनुहोस, प्रबासी युबाहरुको चीत्कार लाई सुनेर आत्म पगाल्नुहोस, बाहिरी कानले नसुने बाहिरी आँखाले नदेखे, भित्री मनको कान ले सुन्नुहोस भित्री मनको आँखा उघार्नुहोस, माया नभएनी दया गर्नुहोस … दया गर्नुहोस । म एक प्रतिनिधि पात्र रहेपनी यो सब प्रबासी युबा नागरिकहरुको आवाज हो, यो आवाज राख्न हुन्थ्यो या हुन्थेन अनबिज्ञ छु । बाध्यता र बिबसताले राखिएको आवाज हो, यदि गल्ती हुन पुगेको खन्डमा दस औंला जोडि क्षमा चाहन्छु ।
    धन्यवाद ।।।

    हाल कुवेत

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु