काठमाडौँ, १ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।
सर्लाही धान्कौली नगरपालिकाका एकजना, धनुषा जनकपुर र मिथिला नगरपालिकाका दुईजना, महोत्तरीका दुईजनामा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाणडौमा गरीएको परीक्षणमा नयाँ पाचँ संक्रमित पुष्टि भएका हुन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएका संक्रमितको संख्या बिहीबार बिहान ५ रहेको छ ।
यो संगै संक्रमित २५० पुगेका हुन् । थपिएका पाँच जनामा सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषा जनकपुर नगरपालिका र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिका र बलवा नगरपालिका निवासी १६ र ३५ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।