• गायक सुरज कलाखेतीको सघर्षरुपी जीवन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ जेष्ठ २०७७, बिहीबार ११:१६

    लेखनाथ थपलिया

    नेपाली गीत संङगित बजारमा धेरै कलाकारहरु अगाडि आए तर उति कै आवाजको जादु चलाउने सुरज कलाखेतीको लागि अगाडि बढ्नु एउटा चुनौती बनेको छ । सानोबाट ठुलो बनेर नाम र दाम दुबै कमाउछु भनेर सोच बोक्ने सुरजको जीवन यतिबेला फुलमा काँडा पुगेको झै भएको छ । जसरी हजार काँडाहरूको बीचमा एउटा फुलले सुगन्ध फैलाउछ त्यस्तै भएको छ उहाँको जीवन । जीवनमा एक पटक खुसी हुँदै धन कमाउछु भन्ने सोच बोकेर उहाँ जापान जानी तयारीमा हुनुहुन्थ्यो ,उक्त तयारीकै क्रममा उहाको करिव ७ वर्ष अगाडि दुर्घटनामा पर्न पुग्नुभयो । सानो उमेरबाट नै गायनको अभ्यास गर्ने उहाको लक्ष्य भने गायक बनेर गीत गाउछु थिएन । तर त्यो दुर्घटनाले नै उहाको जीनवमा एउटा नया मोडको सिर्जना भयो ।

    संघर्षरूपी जीवनमा अवस्य सफलता हुन्छ भन्ने एउटा उदाहरण नै छ आज त्यही उदाहरणीय पात्रको रुपमा सुरज कलाखेती हुनुहुन्छ । चितवन माता लक्ष्मी कलाखेती र हरिबहादुर कलाखेतीको सन्तानको रूपमा जन्मिएका थिए । धेरै कार्यक्रममा सहभागी हुने खोज्ने गरेका सुरज कार्यक्रममा गाउन नपाएर निराश भएर घर फर्किने गर्नुहुन्थ्यो । तर दुर्घटनामा परेपछि उहाँलाई एउटा थप उर्जा प्रदान भएको छ । सुरुवाती चरणमा उहाँ लाई घरपरिवार बाट मात्र साथ मिल्यो तर आफ्ना साथीभाई आफन्त कसैले सहयोग गर्न खोजेनन त्यसपछि घरपरिवारको मात्र साथ लिएर सुरज कलाखेतीले आफ्नो पहिलो गीत झुमा झुम्का नाममा बजारमा निकाल्न सफल हुनु भयो ।

    जीवनमा आमाबुबाको मात्र साथ पाएर अघि बढ्नुभएका उहाँ भोलिको उदयमान गायकको रूपमा अगाडि आउने विश्वास जित्न समेत सफल हुनु भएको छ । पछिल्लो समय उहाँ पोखराबाट चलिरहेको गोल्डेन आइडल सिङ्गगिङ्ग रियालिटी शो मा पनि प्रतिष्पर्धा गर्दै त्यहा पनि तेस्रो स्थान हासिल गर्न सफल हुनुभयो । रियालिटीको शो को अपार सफलता पछि उहाँ गायक कमल खत्रीले आयोजना गर्नुभएको कभर गीत प्रतियोगितामा प्रथम स्थान हासिल गर्नुभयो । उहाँको त्यो प्रतियोगिताको गायनबाट नै सम्पुर्ण दर्शक प्रभावित भएका थिए । कतिले त उहाँको उक्त गायनपछी उहालाई कमल खत्रीको नक्कली आवाजको रूपमा पनि दाज्दा उहाले कमल खत्री दाइलाई म टक्कर दिन सक्दिन र दिदिन पनि उहाँ मेरो गुरुको रुपमा हुनुहुन्छ । उहाको गीतबाट नै अभ्यास सुरू गरेर म यो ठाउसम्म आएको छु त्यसैले म उहाँको सम्मान गर्छु भनेर हाम्रो भेटमा बताउनु भएको थियो ।


    उहाँको गायनको सुरुवात यात्रा दर्दनाक र पिडादायी छ । धेरै आएका थिए उहाँको जीवनमा सुरज गीत नगा तेरो गीत बजारमा हराउँछ तैले गाएर तेरो गीत कसले मन पराउछ तैले गीत गाइस भने त घाटामा जान्छ भन्नेहरू आए तर उहाले पछाडि नफर्की अगाडि आफ्नो गायनको यात्रालाई बढी प्राथमिकता दिनुभएको थियो । आज धेरै गाडी रेडियो जस्ता विभिन्न स्थानहरूमा उहाको गीत विभिन्न माध्यमबाट बजिरहेका छन् । काठमाडौमा उहाँको जीवनमा नि धेरै आए तिमीलाई भाइरल बनाउछु भन्नेहरू उहाँको जीवनमा त कसैको प्रवाह नगरी आफ्नो कलाले एकदिन अवश्य भाइरलको अवस्था लिने छ भन्दै यतिबेला उहाँ आफ्नो गायन यात्रालाई निरंतरता दिई रहनुभएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु