राहत र उद्धार लाई निरन्तरता दिदै नेपाली जनसम्पर्क समिति भारत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार ०७:५६

गोविन्द थापा मुम्बई

विश्वभर यतिबेला मानव सभ्यता लाई नै चुनौती दिनेकोरोना भाइरसको महामारीले बिश्व आतंकित छ ।
४५ लाख मानिसहरु संक्रमित छन् भने ३ लाख को ज्यान लिइसकेको छ। यो महामारीले आर्थिक रुपमा पनि ठूलो कठिनाइ ल्याउने निश्चित प्राय नै छ । यस बाट मै हु भन्नेहरु,आफुलाइ शक्तिशाली ठान्नेहरु, कुस्तौ सम्पत्ति हुनेहरू,आफुलाई बलियो बाङ्गो ठान्नेहरु,न धनी न गरिब,न निर्धो न बलियो कोहि पनि अक्षुतो रहन सकीरहेको छैन।
यस्तो बेलाको अवस्थालाई मधय नजर गदै नेपाली जनसम्पर्क समिति भारतले भारतका बिभिन्नठाउँमा रहेका मजदुरी गरिरहेका पिडित नेपाली लाई राहत र उद्धार लाई निरन्तरता दिदै आएको छ।

भारतका शहरहरूमा निम्न स्तरको आय स्रोतका निम्ति विदेशिएकाहरू कोरोना भाइरसको महामारीका कारण थुप्रै नेपाली मजदुरहरुले आफ्नो रोजगार गुमाएर बस्नु परेको अवस्था छ ।

कतिपयलाई त दैनिक आयस्रोतको माध्यम नै बन्द भैसकेपछि बिहान बेलुकाको छाक टार्न पनि मुस्किल भएको छ । यो संकटमा पनि ती बेसहाराको लागि सहारा दिन कोही पनि नेपालीहरु भोकै नमरुन् भनेर नेपाली जनसम्पर्क समिति भारतका
केन्द्रिय अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको मार्गदर्शनमा लकडाउन सुरू भए देखि बाट नेपालीहरूको दैनिकी सहज बनाउन राहत निरन्तरता कार्य मा हिजो जनसम्पर्क समिति भारतका केन्द्रिय खेलकुद सचीव गोबिन्द थापा,पुर्ब क्षेत्रीय उपाध्यक्ष मोहन बडुवाल तथा तरुण दल क्षेत्रीय अध्यक्ष बिपिन भण्डारी को विशेष पहल मा बदलापुर,डोम्बिवली कल्याण लगायत का क्षेत्र हरुमा अलपत्र भइ खान नपाइएको १० नेपाली परिबारलाई बितरण गरिएको छ ।

समिति तथा नेपाल तरुण दल पश्चिम् क्षेत्र भारत ले अलपत्र परेका नेपाली हरुलाई सहयोग गरेको छ जसमा राइगड जिल्ला को पनवेल क्षेत्र त्यसैगरी नवि मुम्बई को

कलम्बोली,खारघर,वाशी,कोपरखैरेने एरोली रबाले लगाएत का विभिन्न स्थान मा लकडाउन ले गर्दा खाना को समस्या भएको हुँदा दैनिक ज्याला मजदुरी घर खाता तथा होटेल हरु मा काम गर्ने ७५ घर परिबार नेपाली हरुको सपरिवार लाई राहत बितरण गरेको छ ।
जसमा मुख्य भुमिका निर्भाह गर्नु हुने समाजसेवी दिलिप आचार्य,नेजस केन्द्रिय खेलकुद सचीव गोबिन्द थापा,तरुण दल पश्चिम् भारत क्षेत्र का क्षेत्रीय अध्यक्ष बिर बहादुर भण्डारी (बिपिन) र पनवेल शाखा अध्यक्ष डम्बर शाही नेजस तथा तरुण दल का कार्यकर्ता ले राहत बितरण मा सहयोग पुर्याउनु भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु