• BREAKING : थप ९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित हुनेको संख्या २५८ पुग्यो !

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार ०८:२०

    काठमाडौं, जेठ २ । आज नेपालमा नौजना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा १ जना र बाँकेमा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।

    बाँकेको नरैनापुर गाउँपालिका – १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरेको परीक्षणमा मकवानपुरका ३७ वर्षका पुरुषमा स‌ंक्रमण देखिएको हो ।

    मकवानपुरमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ। आज फेला परेका नयाँ संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ५८ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु