• आज २०७७ साल जेठ ३ गते शनिवार को राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार ०४:४७

    आज – ०३ जेठ २०७७ शनिवार को राशिफल

    – ज्यो.प. नारायणप्रसाद दुलाल
    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाईनेछ ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

    आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्नेछ ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभपनि मिल्नेछ ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

    बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

    नाता–कुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिनपनि सक्ने सम्भावना छ । परिवारमा रमाइलो वातावरण छाउनेछ ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

    आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।

    बृष

    वृष

    (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधूप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

    सेवा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउनेछ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

    लाभ,हानी,आय,व्यय,सुख,दु:ख वरावरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

    औपचारिकतामा अल्लि बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु