थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते, शनिबार १०:३५

काठमाडौं, ३ जेठ । आज थप ६ जनाका कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान १० बजेको अपडेटमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । नयाँ संक्रमितहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवन जिल्लाका हुन् । हाल उनीहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि मन्त्रालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु