दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लिपुलेक हेर्न मन छ’ बोलको गीतको भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते, शनिबार १३:०३

काठमाडौ । भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि अहिले नेपालमा त्यसको सम्पूर्ण नेपालीले खुलेरै बिरोध गरेका छन् ।

भारतले पटक पटक नेपाली भुमि मिच्दै आएको छ ।यसै बिषयमा रहेर गायक अस्मिन घिमिरेले ‘मलाई नालापानी( लिपुलेक हेर्न मन छ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
एकदमै समय सान्दर्भिक तथा देशभक्ती राष्ट्रिय गीतलाई गायक घिमिरेले लेखेका हुन् ।कपिल घिमिरेको संगीत रहेको यस गीतलाई प्रकाश केसीले एरेन्ज गरेका हुन् ।

गीतमा चर्चित कलाकारहरु दीपकराज गिरि ,दीपाश्री निरौला ,सलोन बस्नेत ,निर्मल शर्मा ,शोभित बस्नेत ,बद्रि पगेनी ,जयकिसन बस्नेत ,जहान्वी बस्नेत,अनुप भट्टराई, अर्जुन भुषाल,उत्सव अधिकारी ,पुस्कर लामा ,काब्य कार्की ,दीपक राज पाठक,सुदिर नेपाल ,कृष्ण भट्टराई अस्मिन घिमिरेको अभिनय रहेको छ ।
रबि अधिकारीको कन्सेप्ट रहेको ‘मलाई नालापानी( लिपुलेक हेर्न मन छ’ गीतको भिडियोलाई भोला सुबेदी ९आर जे प्रनाप०ले निर्देशन तथा सम्पादन गरेका हुन् ।

राजिव बस्नेत र भोला सुबेदीको छायांकन गरेको यस गीतलाई उषा थापाले निर्माण गरेकी हुन् ।सार्वजनिक भिडियो नमस्ते फिल्मी टिभीको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु