दुई दिनमा १७ हजारले गरे फर्निचर एक्स्पोको अवलोकनएनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणाआज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादन

कोरोनालाई लक्षित गरी कांग्रेसले बनायो विशेष समिति, पूर्वमन्त्री खड्का पनि सदस्य

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते, शनिबार १३:०९

काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसले पारेको प्रभाव र यसबाट पुगेको आर्थिक क्षतिबारे मूल्यांकन गर्न लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन गरेको छ ।
गत बैशाख १७ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका सांसद तथा उद्यमी विनोद चौधरीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्य तथा पूर्वमन्त्री दीपक खड्काले कोरोनाको प्रकोपका कारण उद्योग व्यवसायसँगै समग्र अर्थतन्त्रमा पारेको प्रभावको मूल्यांकन गर्दै आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा अध्ययन गरिने बताए । उनका अनुसार समितिले तयार पारेको प्रतिवेदन पार्टीका बुझाइने छ र पार्टीले सोही अनुसारका कार्यक्रम ल्याउने छ ।

खानेपानी तथा सरसफाई राज्यमन्त्री तथा यसअघिको संविधानसभाको निर्वाचनमा संखुवासभाबाट निर्वाचित सांसद खड्काले कोरोनाको कारण नेपालको अर्थतन्त्र संकटमा परेकाले आगामी दिनमा आउने चुनौती विश्लेषण गरी त्यसबाट कसरी मुक्ति दिलाउन सकिन्छ भन्ने किसिमका कार्यक्रम ल्याउन सुझाव दिने बताए । समितिले तत्कालीन र दीर्घकालीन समस्याको समाधानका लागि पहल गर्ने छ ।
समितिमा बागमति प्रदेशका नेपाली कांग्रेसका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्र बानिया, प्रतिनिधिसभाका सांसदहरु उमेश श्रेष्ठ, सूर्यबहादुर केसी, मोहन आचार्यका साथै उद्यम र व्यवसायका क्षेत्रमा लागेका पार्टीका विभिन्न तहमा बसेर काम गर्दै गरेका व्यक्तिहरु सदस्य रहेका छन् । समितिमा जम्मा २१ जना रहने छन्, बाँकी सदस्य पछि चयन गरिने पार्टीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु