• ब्रेकिङ न्युज : थप १० जनामा कोभिड-१९ को संक्रमण पुष्टि संक्रमितको संख्या २९१

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ जेष्ठ २०७७, आईतवार ०८:०२

    काठमाडौ । आइतबार नेपालमा थप १० जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षण अनुसार नयाँ पुष्टि भएको हो ।

    संक्रमित हुनेमा रौतहटको राजपुर नगरपालिका फरहदवा-९ निवासी १८,३२,३६,३९,३९,४२ र ४८ वर्षीय पुरुष छन् ।

    त्यस्तै, रौतहट कै ईशनाथ नगरपालिका-३,५ निवासी २८,३० र ३३ वर्षीय पुरुष छन् ।

    योसंगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । संक्रमितमध्ये १ को मृत्यु र ३६ जना घर फर्किएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु