दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पोर्न स्टारदेखि बलिउड यात्रासम्म : सनी लियोन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते, आईतवार १३:०२

चर्चित बलिउड अभिनेत्री सनी लियोन बुधवार ३९ वर्षमा टेकेकी छन्। उनलाई बलिउड हस्तीहरुले सामाजिक सञ्जालमाफर्त शुभकामना दिइरहेका छन्।

उनले पनि बुधवार ट्वीट गर्दै शुभकामना दिने सबैलाई धन्यवाद भनेकी छन्। उनले भिडियोमार्फत सबैप्रति आभार प्रकट गरेकी छन्।

उनको बलिउडसम्मको यात्रा भने सहज रहेन्। सन् १९८१ मे १३ मा क्यानाडामा जन्मेकी सनीको बोल्ड ब्युटीमा मात्रै पहिचान सिमित छैन।

कहिले अमेरिकन पोर्न स्टार रहेकी सनी हाल भने बलिउडमा स्थापित भएकी छन्। जबकी पोर्न उद्योगबाट भारतीय फिल्म उद्योगमा कदम राख्नु उनको लागि चुनौतिपूर्ण थियो। उनले सबै कठिनाई पार गरी बलिउडमा विशेष पहिचान हासिल गर्न सफल भएकी छन्।

पोर्न उद्योगमा आउनुभन्दा अघि उनी जर्मनको बेकरीमा काम गर्थिन्। यसपछि भने उनले ट्याक्स र रिटायरमेन्ट फर्ममा काम गरिन्। उनकोे नर्स अध्ययन गरेकी छिन्।

सनी आफ्नो करियरमा अघि बढाउन चाहन्थिन्। त्यसैले उनी पेन्टहाउन म्यागजिनमा जोडिन पुगिन्। म्यागजिनका पूर्वमालिक बोब गुस्योनले उनलाई थर समेत दिएका थिए। उनले पेन्टहाउ म्यागजिनको लागि फोटोसुट पनि गरिन्।

सन् २००३ मा उनी ‘पेन्टहाउस पेन्ट अफ दि इयर’मा छनोेट हुन पुगिन्। यसपछि उनी कयौं इन्टरनेसनल म्यागजिको कभरमा देखिन पुगिन्।

सन् २००५ मा भने उनी पोर्न वर्ल्डमा प्रवेश गरिन्। यस क्षेत्रमा प्रवेशसँगै उनले विविड इन्टरमेन्टसँग तीन वर्षको सम्झौता गरिन्। उनको पहिलो फिल्मको नाम ‘सनी’ थियो, जुन सन् २००५ मा प्रदर्शन भयो।

पोर्न उद्योगमा उनको कामले तिव्रता पाइरहेको थियो। हेर्दाहर्दै उनी चर्चित पोर्न स्टार बनिन्।

यसै क्षेत्रमा उनले डेलियल वेबरसँग भेट भयो। केहि समयपछि उनीहरुले विवाह पनि गरे।

सन् २०१३ मा सनीेले एडल्ट इन्डिस्ट्रिलाई छोडिन्। र, उनी बलिउडतिर लागिन्। उनको बलिउड यात्रा भने झन दमदार रह्यो। र, उनी ३९ वर्षमा प्रवेश गर्दा पनि दमदार भूमिका निभाइरहेकी छन्।
फिल्मी फण्डा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु