बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

संसारभर युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा नेहा दोस्रो नम्बरमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते, आईतवार १३:३९

भारतीय गायिका नेहा कक्कड संसारमा सर्वाधिक खोजी हुने गायिकाको सूचिको दोस्रो स्थानमा परेकी छन्।

संसारभर युट्युबमा सबैभन्दा धेरै सर्च गरिने फिमेल आर्टिस्टमा नेहा दोस्रो नम्बरमा परेकी हुन्। उनले यसमा खुशी जनाउँदै इन्स्टाग्राममार्फत आफ्ना फ्यानलाई धन्यवाद दिएकी छिन्।

यो सूचिमा नेहाभन्दा अगाडि अमेरिकन र्‍यापर कार्डी बी छिन्। हालै गरिएको सर्वेक्षणअनुसार कार्डी बीलाई चार अर्ब ८० करोड दर्शकले युट्युबमा सर्च गरेका छन्।

त्यस्तै, नेहालाई चार अर्ब ५० करोड दर्शकले खोजेका छन्। यस सर्वेक्षणसँगै नेहाले विश्व चर्चित थुप्रै व्यक्तिलाई उछिनेकी छिन्। यो सूचीमा अन्य भारतीय महिला कलाकार परेका छैनन्।

उनले अमेरिकन सिंगर अरिना ग्रान्डी, ब्राजिलियन सिंगर मरिलिया मेन्डोन्का, कोलम्बियन सिंगर करोल जी, साउथ कोरियन गर्ल ग्रुप ब्ल्याक पिंकलगायत ठूला स्टारलाई पछाडि पारेकी हुन्।

सांगिति क्षेत्रमा राम्रो स्थान बनाउन सफल रहेकी उनी अहिले इन्डियन आइडलकी जज छिन्। उनी इन्डियन आइडल सिजन–६ बाट सांगीतिक क्षेत्रमा उदाएकी हुन्। उनका आवाजमा रहेका थुप्रै गीतहरु चर्चित बनेका छन्।

फिल्मी फण्डा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु