प्रियंका चोपडा रमाउँदै लकडाउनमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते, आईतवार १९:०४

कोरोना भाइरसको कारण यो वर्ष कयौं अन्तर्राष्ट्रिय कार्यक्रमहरु स्थगित भएका छन् । मेट गला कार्यक्रम पनि एक हो।

विश्वभर कोरोना भाइरसको महामारी नफैलिएको मे ४ अर्थात सोमबारदेखि मेट गला २०२० सुरु हुनेथियो।

मेट गलामा बलिउड नायिका प्रियंका चोपडा धेरै पटक देखिएकी छिन्। यस पटक भने प्रियंकाले घरमै बसेर मेट गलामा रमाउन खोजेकी छन्।

उनले इन्स्टाग्राममा आफ्नी भतिजी स्काई कृष्णासँगका तस्विर सेयर गरेकी छिन्। जसमा उनलाई कृष्णाले तयार पारिरहेकी छिन्। तस्विरमा उनलाई कृष्णाले ताज पनि पहिराएकी छन्।

दोस्रो तस्बिरमा उनको आँखाको मेकप गरिएको छ। प्रियंका तेस्रो तस्विरमा लिपस्टिक आइलाइनर लगाउने क्रममा देखिन्छिन्। यस तस्विरमा उनको आइलाइनर र लिपस्टिक बिग्रिएपछि रमाउँदै हाँसेको देख्न सकिन्छ।

उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु