• जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ जेष्ठ २०७७, आईतवार २०:३५

    काठमाडौं – सरकारले लकडाउनकाे समयावधी १५ दिन थप गर्दै जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हाे । यसअघि सरकारले जेठ ५ गतेसम्म लकडाउन घोषणा गरेको थियो ।

    पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको र २ जनाको मृत्युसमेत भएपछि सरकारले थप १५ दिन लम्ब्याएकाे हाे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु