नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते, सोमबार ०९:३३

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता भएका छन् । अमेरिकन आइडलको १८ औं संकरणमा दिवेश उपविजेता भएका हुन् ।

उत्कृष्ठ पाँचमा परेका दिवेश भोटका आधारमा दोस्रो बनेका हुन् । फाइनलमा दिएको प्रस्तुतिका आधरमा दुई घण्टामा प्राप्त भोटका आधारमा विजेता चयन गरिएको थियो ।

हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै दिवेश फाइनलमा पुगेका थिए । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् ।

कोरोनाको महामारीका कारण अमेरिकन आइडलले पछिल्लो केही श्रृंखलामा भर्चुअल प्रस्तुतिको व्यवस्था मिलाएको थियो ।

दिवेश काठमाडौं रविभवनका हुन् ।

अमेरिकन आइडलको जारी १८ औं संस्करणमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची निर्णायक थिए । ।

२० वर्षीय दिवेश ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफैं गीत रचना, संगीत तथा गाउने गर्छन् । उनले आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानल आर्थर गनमार्फत सार्वजनिक गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु