काठमाडौं । लकडाउनको समयमा विभिन्न जनतेचनामूलक भिडियो सामाग्री निर्माण गरि सार्वजनिक गर्दै आईरहेका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले यस पटक सिमाना अतिक्रमनको विषयलाई उत्थान गरेका छन् ।नेपालका नेताहरुको कार्य सम्पादन शैलीलाई व्यङ्ग्य गर्दै सिमाना जोगाउन आम नेपाली लाग्नु पर्ने सञ्देश सहितको छोटो फिल्म लिपुलेक धुर्मुस सुन्तलीले सार्वजनिक गरेका हुन् ।धुर्मुस र सुन्तलीको मूख्य भुमिका रहेको छोटो फिल्म १० मिनेट भन्दा बढि लामो छ । भिडियोमा नेपालका नेताहरुको कमीकमजोरी र उनीहरुको चरित्रलाई प्रस्तुत गरिएको छ ।
भिडियो