सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

थप ५३ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ५ गते, सोमबार १६:३२

काठमाडौ –नेपालमा एकैदिन थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले थप ५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रवक्ता देवकोटाले बाँकेमा ४७, मोरङको विराटनगर एक, रुपन्देहीको भैरहवामा गुल्मीका ४१ वर्षीया पुरुष तथा धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा धनुषा, दाङ, रौतहट र धादिङका चार जना गरी ५३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको बताए।

संक्रमितहरु १८ देखि ४६ वर्ष उमेर समूहका रहेको उनले बताए। योसँगै २९८ पुरुष र ५९ जना महिला गरी नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३५७ पुगेको छ। संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने दुई जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु