आजभन्दा करिव एक वर्ष अगाडि आएको गायक सुरज कलाखेतीको मायालु आउने बाटोमा एकाएक टिकटकमा भाइरल हुन थालेपछि उनले खुसी व्यक्त गरेका छन् । दैनिक १०० भन्दा बढीले उक्त गीतमा अभिनय देखाउन थालेका छन् । कोरोना सक्रमणको सक्रमित एकाएक बढ्न थालेपछि अहिले धेरै कलाकारहरु टिकटकमा रमाउन थालेका छन् ।
गायक कमल खत्रीको शब्द सगीत सिम्पल खरेलको कोरियोग्राफमा निर्मित उक्त गीत बजारमा उतिकै दर्शकको मन जीत्न समेत सफल भएको थियो । दर्शकको श्रोताको मन जीतेको एक वर्ष वित्न नपाउदै टिकटकबाट पनि कलाकारको उतिकै मन जितेको कलाखेतिले बताएका छन् ।
एकाएक मायालु आउने गीत भाइरल हुन लागेपछि कलाखेती आफ्नो खुसीले सीमा नाघेको बताए ।