आज असोज १२ गते शुक्रबार :कस्तो छ तपाईंको दिन ? हेर्नुस राशिफलनेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणा

पत्रकारहरुलाई एन ९५ मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते, मंगलवार १३:१४
काठमाडौं- राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले पत्रकारहरुलाई एन ९५ मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।
कोरोना महामारीबीच रिपोर्टिङमा खटिने पत्रकारहरूको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै संघले मास्क लगायत स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हो ।
मंगलबार संघका केन्द्रीय अध्यक्ष शिव अधिकारी अविरलले सामाजिक दुरी कायम गर्दै नक्साल स्थित नारायण चौरबाट छापा, अनलाइन, रेडियो तथा टेलिभिजनमा कार्यरत पर्यटन लगायत विभिन्न बिटमा कलम चलाउने चार दर्जन पत्रकारलाई एन ९५ मास्क, मेडिकल मास्क तथा स्यानिटाइजर प्रदान गरे । युवा पर्यटन व्यवसायी तथा माउन्टेन डिलाइट्स ट्रेक्स एन्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक , समाजसेवी कमल सापकोटा, गाउँले पर्यटन नेपालका अध्यक्ष समाजसेवी तेजेन्द्र शर्मा पौडेल र एलायन्स ट्रेक्स एन्ड एक्सपेडिसनका प्रबन्ध निर्देशक समाजसेवी कुलबहादुर गुरुङको सहयोगमा सहयोग वितरण सम्भव भएको अध्यक्ष अधिकारीले बताए ।
साथै उनले आगामी चरणमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु