प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

गुल्मीको मदाने गाँउपालिका शिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते, मंगलवार १६:२८

रमेश विश्वकर्मा/गुल्मी -जिल्लाको मदाने गाउँपालिकामा एक जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँपालिकालाई सिल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबार साँझ ६ बजेदेखि अर्को निर्णय नभएसम्म गाउँपालिकालाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । मदाने गाउँपालिका ६ पुर्कोटदहका ४१ वर्षिय पुरुषमा भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पाइएकाले गाउँमा उनको प्रथामिक उपचारमा संलग्न स्वास्थ्यकर्मी,उनको परिवार र सम्पर्कमा आएका सबै व्यक्तिहरुको आरडिटी र पिसीआर परीक्षण गर्ने निर्णय भएको सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।

यो संगै जिल्ला अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने निर्णय भएको बताईएको छ । त्यस्तै तत्काल पिसीआर भिटियम उपलब्ध गराउनका लागि ५ नं प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ । उनी कतैबाट आएको नभई गाउँमै बसिराखेका र गाउँबाट जण्डिसको लक्षण तथा पहिले देखिनै निमोनिया देखा परेको भन्दै उनी जेठ एक गते देखि बुटवलको क्रिमसन अस्पातलमा उपचारको क्रममा रहेका थिए । उनको क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनी मदाने गाउँपालिकादेखि अर्घाखाँचीसम्म मोटरसाइकलमा गएको र अर्घाखाँचीबाट एम्बुलेन्समा बुटवल गएको बताईएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु