प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

गुल्मीमा कोरोना संक्रमण देखिएकाको परिवार सहित ३० जनाको स्वाब संकलन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते, मंगलवार २२:५६

गुल्मी -गुल्मीको मदाने गाउँपालिकामा कोरोना संक्रमण देखिएकाको परिवार र सम्पर्कमा रहेका ३० जनाको स्वाब संकलन गरिएको छ । मदाने गाउँपालिका ६ का ४१ वर्षीय पुरुषमा सोमबार भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा कोराना भएको पाइएको थियो ।

स्वास्थ्य कार्यालय गुल्मीबाट गएको टोलीले ३० जनाको स्वाब संकलन गरेको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषिराम पोखरेलले जानकारी दिए । संकलन गरिएको स्वाबलाई प्रादेशिक प्रयोगशाला रुपन्देही भैरहवामा परीक्षणका लागि पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

कोरोना भएको पुष्टि भएसँगै मदाने गाउँपालिकालाई सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म सिल गरिएको छ । योसँगै गुल्मी अस्पतालको ओपिडी सेवा जेठ ६ र ७ गते बन्द गर्ने गरिएकोे जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर संक्रमित यवकको उपचार भइरहेको अस्पतालले जनाएको छ । -mayadevionline

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु