दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ७ गते, बुधबार ७:५९

काठमाडौ , ७ जेठ । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ५० लाख नजिक पुगेको छ । पछिल्लो तथ्यांक अनुसार मृतक संख्या तीन लाख कटिसकेको छ ।

प्रत्येक दिन एक लाखको हाराहारीमा संक्रमित संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर कोभिड १९ भएकाहरु ४९ लाख ८२ हजार ८ सय ४५ छ । अबको केही घन्टामा संक्रमित संख्या आधा करोड पुग्ने देखिन्छ ।

सबैभन्दा बढी अमेरिकामा १५ लाख ७० हजार संक्रमित र मृतक संख्या ९३ हजार ५ सय पुगेको छ । दोस्रो स्थानमा रुस रहेको छ । त्यहाँ २ लाख ९९ हजार संक्रमित र मृतक संख्या २८ सय ३७ छ ।

स्पेनमा २ लाख ७८ हजार पुगेको छ । कोरोना रोकथामलाई बेवास्ता गर्दा ब्राजिल अहिले चौंथो स्थानमा पुगिसकेका छन् । त्यहाँ २ लाख ७८ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये मृतक संख्या २७ हजार ७ सय पुगेको छ ।

बेलायमा २ लाख ४८ हजार, इटालीमा २ लाख २६ हजार पुग्दा भारतमा १ लाख ६ हजार पुगेको छ । यसरी विश्वभर कोरोना भाइरसको महामारी भयावह बन्दैछ ।
रिपोर्टस नेपाल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु