• यूएईमा नेपाली राजदुताबासको स्रहानिय काम”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार ०९:०१

    सचिन्द्र श्रेष्ठ(दुबई)- अबुधाबी स्थित नेपाली राजदूतावासले यूएईमा अलपत्र, समस्यामा परेका नेपाली नागरिकलाई एक हजार (१०००) थान राहत सामाग्री (Food Kits) युएइस्थित गैर-आवासीय नेपाली संघ र नेपाली समाजको सहयोगमा वितरण गर्ने कार्यको थालनी गरेको छ ।
    खाद्यान्न समस्या परेका नेपालीहरूले अबुधाबीको हकमा नेपाली राजदूतावासमा र अन्य इमिरेट्सहरूको हकमा गैर-आवासीय नेपाली संघ र नेपाली समाजका प्रतिनिधिहरूसँग सम्पर्क गर्नुहुन अनुरोध समेत गरेको छ।
    इमरेट्स फाउंडेशन र लुलु एक्सचेंजको सहयोगमा सो सामग्री उपलब्ध गराएको हो ।यस राहत अभियानले सम्पूर्ण नेपालीलाई थोरै भए पनि राहतको अनुभूति भएको यूएई स्थित नेपालीहरु बताउँछन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु