काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । कोरोना भाइरसको प्रभावले भारत यतिखेर भारतमा चौथो लकडान शुरूवात भइसकेको छ को प्रभावमा समस्यामा परेका नेपालीहरुको सहयोगमा नेपाली जनसम्पर्क समिती भारत निरन्तरताका साथ खटिरहेको छ ।नेपाली जनसम्पर्कसमितिभारतका केन्द्रिय अध्यक्ष एवम् नेपाली काङ्ग्रेसका केन्द्रिय आमन्त्रित सदस्य बालकृष्ण पाण्डेको पहलमा लकडाउन सुरू भए देखि बाट नेपालीहरूको दैनिकी सहज बनाउन राहत निरन्तरता दिदै आएको छ।१०१ सदस्य राहत समिती भारतको ३६ राज्यहरुमा असाय मजदुर जागिर छुटेका दैनिकी गुजारा मा कठिनाई परेकालाई सहयोग गर्दै आएको।
यहीँ कार्यमा नेपाली जनसम्पर्क समिति पश्चिम भारत क्षेत्रका अध्यक्ष एंव पश्चिम भारतक्षेत्रका राहत बितरणमा समितिका सम्योजक युवा नेता मीन बहादुर बोहरा को नेतृत्वमा मुम्बईमा रहुल पाडा २८ घर परिबार / कासिमिरा मेरमिरा का १० घर परिबार र अन्य ४ घर परिवारलाई मिरा भाइन्द्रमा खाधान्त उपलब्ध गराएको छ।
नेजसकेन्द्रिय सदस्य दान वीर डोल राज गैरेको सहयोगमा उतराखन्ड गडवाल मा ७३ जना नेपाली ज्याला गर्ने मजदुर र देरादुन मा २४ जना नेपाली मजदुर लाई खाध्य सामग्री उपलब्ध गराइएको छ। उतर भारत-महासमिती सदस्य कृष्ण पाण्डे को पहल र समन्वय मा नेपाल (कपिलवस्तु १० ,जनकपुर १५र झापा ८) बाट दिल्ली को निहाल विहार एवं पश्चिम विहार मा रहने ३३ परिवारलाई केही हप्ता को लागी खाद्यान्न सहयोग उपलब्ध गराईएको छ । अर्घाखाँची मालारानि का २८ जना बेरोजगारी युवा भाइ हरुलाइ आज १५ दिनको रासन नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्र का अध्यक्ष सुनिता कुवर को मार्फत सहयोग गर्नु भएको थियोे ।