• यो मौसमको कुनै भर छैन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार २२:४०

    यो मौसमको कुनै भर छैन
    वसन्तमा लालुपाते,गुलाफ
    वेगनवेलि ढकमक्क फुल्नुपर्ने
    गोदावरि फुलि रहेछ ।

    (१)

    क्षणमै पानी पर्ने
    क्षणमै घाम लाग्ने
    भदौरे झरि जस्तै
    जेठ महिनामा पनि
    सिरक छोड्न सकिएन ।

    (२)

    भन्छन् वसन्तमै लुटियो देश
    सरकार, सरकार वचाउनै व्यस्त
    आफैँ भित्र मारामार
    भित्र मिल्न नसके
    देश वचाउने् कसले ।

    (३)

    वसन्तमै रोगि भयो देश
    पञ्चायतमा दिपावलि,
    प्रजातन्त्र आयो दिपावलि,
    गणतन्त्र आयो दिपावलि
    जनता हो कि भोडो
    रोगलागेपनि दिपावलि ।

    (४)

    नेता, सरकार र देश
    आ–आफ्नै डम्फु वजाउन व्यस्त
    जनताको डम्फु चुनावमा मात्र वज्छ
    अहिले ओस्सिएको छ
    यसले केहि लछार्दैन
    त्यसैले सरकार आसस्वत छ, ढुक्क छ ।

    —आर्यालय

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु