सुचनामुलक कृषि सम्बन्धि दुई शब्द

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते, बिहीबार ०८:३२

कृषि प्रधना देश नेपाल यतिबेला काेराेना संकटबाट सुरिक्षत रहन गरियकाे लकडउन समय दुई महिना पुगेकाे छ । जसरी देशकाे सुरक्षाकाे जिम्मा स्वास्थ कर्मी सैनिक र प्रहरीलाई हुन्छ, कृषिकाे सुरक्षाकाे पहिलाे जिम्मेवारी कृषि प्राविधिकहरुलाई छ भन्ने कुरा हामिले बिर्सनु हुदैन । भनिन्छ हरेक अध्याराे पछि सुनाैलाे बिहानि आउछ। त्यसै गरि आशा गराैं काेरना (काेभिड १९) काे माहामारी पछि हाम्राे लागि त्यस्तै अवसरहरु आउनेछ । अनिकालमा बीउ जाेगाउन, हुलमुलमा जिउ जाेगाउनु र आफु बाँचाै, अनि अरुलाई बचाउँ भन्ने भनाई यतिबेला सार्थक भएको अवस्थामा लकडाउनकाे नियमलाई पालन गरि, सामाजिक दुरी कायम गर्दै व्यक्तिगत सुरक्षा साधन प्रयाेग गरि टेलिफाेन, माेबाइल लगायत विद्युतीय माध्यमबाट ओपचारिक तथा अनाैपचारिक रुपमा सरकारी कृषि फार्म र केन्द्र र निजी कम्पनि र नर्सरीहरुमा विउविजन तथा फलफुलका विरुवाका लागि सहजी करण गर्नुकाे साथै कृषि सँग सम्वन्धित विज्ञहरुले टेलिफाेन माेवाइल लगायत विद्युतीय साधन मार्फत आवश्यक प्राविधिक सेवा सल्ला र परामर्श लिने गराैं । काेरना (काभिड १९) संक्रमणका कारण अब आउने भबिष्यमा भाेकमरी सम्भावना बढीरहेकाेले भाेकमरीकाे समस्यबाट बच्न कृषकहरुलाई उत्पन्न खाद्यन्न बाली, तरकारी ,फलफुफ सुरक्षाकाे जाखिम कम गर्न केन्द्र सरकार, प्रदेश सरकारले, स्थनिय सरकार बाँझाे जमिनलाई खेती कार्यक्रम सुरु गर्न तत्कालकाे आवश्यकता हाे ।
किनकि अहिले संसार काेरना (काेभिड १९) काे त्रासले सम्पुर्ण मानवजातिलाई एक किसिमको चुनाैती अवश्था सिर्जना भइरहेको छ । त्यसैले त्यस त्रासलाई निर्मुल पार्न अथवा व्यवस्थापन गर्न कृषि क्रान्तिकाे सुरु गर्न एकदमै अहिलेकाे अावश्यकता हाे ।
अन्तमा, यस काेरना (काेभिड १९) भाइरसकाे विश्व देश र देशवासि संक्रमण र महामारीबाट छिट्टै नै मुक्त हुने छाै भन्ने विस्वास राख्दै, प्रत्येक स्थानिय तह, कृषिमा आत्मनिर्भर हुनकाे लागि सरकारी निजि तथा अन्य सराेकारवालाहरुलाई एकजुट हुन हार्दक अपिल गर्दछु ।

नगेन्द्र काेइराला
कृषि प्राविधिक(जे.टि.ए)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु