राजा महेन्द्रलाई लेखेको पत्र निकाल्न माग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते, बिहीबार १६:४८

काठमाडौं, सामाजिक अभियन्ता भरत गौतमले भारतले राजा महेन्द्रलाई लेखेको पत्र निकाल्न आग्रह गरेका छन् । उनले लद्दाख युद्धपश्चात् तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले नेपालका राजा महेन्द्रलाई लेखेको पत्रमा कालापानी क्षेत्रमा अल्पकालका लागि भारतिय सेना राख्न दिन आग्रह गरेको ब्यहोरा उल्लेख गरेको बताएका छन ।

‘नेपालका उत्तरी सीमामा रहेका १८ भारतीय सैनिक चेकपोस्टहरुमध्ये अरु सबै चेकपोस्टहरु हटाउन भारत तयार रहेको त्यस समयमा कालापानी क्षेत्रमा रहेका सैनिकलाई भने काम नसकुन्जेल त्यहाँ रहन दिनको लागि नेपाललाई अनुराेध गरिएकाे थियाे । तसर्थ त्याे पत्र जरुरी महत्वको रहेकोले तत्काल खोजी गर्नुपर्ने र त्यसलाई नेपालले भारतसङ्गको सीमाविवाद वार्तामा आफ्नो दरिलो प्रमाण बनाउनु पर्ने देखिन्छ ।” उनले भने ।

गौतम लामाे समय माओवादीमा आवद्ध रहि कम्युनिष्ट आन्दाेलनमा सकृय रहदै आएका पनि छन् । त्यस्तै, save the border campaign,nepal का अभियन्ता,नेकपाका नेता साेनाम साथी,नारायण प्रसाद शर्मा लगाएतले भरत गाैतमकाे भनाईमा थप जाेड दिदै लद्दाख युद्द पश्च्यात नेहरुले राजा महेन्द्रलाई लेखेको चिठी खाेज्नु पर्नेमा जोड दिए । त्याे चिठी गतिलाे प्रमाण रहने उनको दाबी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु