विश्वभर २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार ०९:०३

काठमाडौ , ९ जेठ । विश्वभर दैनिक एक लाखभन्दा बढीको संख्यामा कोरोना भाइरसका संक्रमित बढिरहेको छ । गत २४ घन्टामा एक लाखभन्दा बढी संक्रमित वृद्धि भएका छन् ।

विश्वभर ५१ लाख ८९ हजार संक्रमित पुगेका छन् । मृतक संख्या ३ लाख ३४ हजार पुगेको छ ।

अमेरिकामा मात्र १६ लाख २० हजार संक्रमि पुगेका छन् । त्यहाँ ९६ हजारको मृत्यु भएको छ ।

रुसमा र ब्राजिलमा संक्रमित संख्या ३ लाख नाघेको छ । स्पेनमा २ लाख ८० हजार, बेलायतमा २ लाख ५० हजार, इटालीमा २ लाख २८ हजार, फ्रान्समा १ लाख ८१ हजार, फ्रान्समा १ लाख ८१ हजार संक्रमित भइसकेका छन् ।

नेपालमा ४५७ संक्रमित पुगेका छन् । ३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु