गायिका जुनुको ‘सकिदैन हॉस्न’ गीतको म्युजिक भिडियो सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ९ जेष्ठ २०७७, शुक्रबार १५:०८

चर्चित गायिका जुनु गौतमको स्वरमा रहेको नयाँ मार्मिक गीत ‘सकिदैन हॉस्न’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो हाईलाइट नेपालको आधिकारिक युट्युब च्यानलबाट मार्फत सार्वजनिक गरिएको हो । भरत घिमिरेको शब्द तथा मनराजा नकर्मीको संगीत रहेको छ । उक्त मार्मिक गीतमा आफुले माया गरेको मान्छेले अर्कोलाई माया गरी आफुलाई छाडेर गएको पीडालाई समेटिएको छ । चेतन गौतमले निर्देशन गरेको गीतको भिडियोमा गायिका जुनु गौतम आफैले अभिनय गरेकी छिन् । भिडियोमा निखिल थापाको छायांकन र संपादन रहेको छ । लामो समयदेखि संगीत क्षेत्रमा लागेकी चर्चित गायिका जुनु गौतमले भखरै अर्को हिन्दी गीत कोलकताबाट रेकर्ड सकिएको समेत बताएकी छिन् । आम दर्शक ,श्रोता माझ चाडै नै सार्वजनिक गर्ने जानकारी दिएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु