प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

सांसद कमला रोकाद्धारा चौथो चरणको राहत वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १० गते, शनिबार १९:०९

काठमाडौं । रुकुम पूर्वबाट निर्वाचित नेकपाकी प्रतिनिधिसभाकी सांसद कमला रोकाले चौथो चरणको राहत वितरण गरेकी छिन् । सांसद रोकाले आज काठमाडौंको सितापाइला, वाफल वरपर बस्ने ३३ परिवारलाई राहत स्वरुप चामल उपलव्ध गराएकी हुन् ।

उनले बाफलका ताराबहादुर कुँवरको सहकार्यमा जिल्लाका ३३ परिवारलाई चामल प्रदान गरेकी हुन् । समाजसेवी तथा व्यवसायी कुँवरले लकडाउनका कारण दैनिकी समस्यामा परेका नागरिकलाई राहत स्वरुप चामल, दाल, नुन, चिनी, तेल वितरण गर्दै आएका छन् । पूर्वमन्त्री तथा नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी सांसद रोकाले आगामी दिनमा पनि सहयोग गरिरहने बताइन् । दैनिक ज्यालादारी गरेर कमाई खाने मजदुर, काठमाडौमा आएर पढ्ने विद्यार्थीका साथै अन्यलाई उनले त्यही ठाउँमा पुगेर राहत दिएकी हुन् । उनले प्रतक्ष्य रुपमा टेलिफोन गरेर आफ्नो समस्या भन्नेका साथै सामाजिक सञ्जालमा आफुलाई अप्ठेरो परेको छ भनेर जानकारी गराउनेको गुनासो र पीरमर्का बुझ्दै आएको बताइन् ।

उनले अझैपनि झण्डै ३ सय जतिलाई समस्या परेको आफूले थाहा पाएको बताइन् । सकेसम्म पहल गरेर छिटै राहत उपलव्ध गराउने उनले प्रतिवद्धता जनाएकी छिन् । उनले यसअघि रानीवनका केही परिवार, गोलढुंगाका ५१ र कीर्तिपुरका ६० परिवारलाई राहत वितरण गरेको बताइन् । उनी बस्ने बनस्थली वरपर उनी निर्वाचित जिल्लाका धेरै मानिसहरु बस्ने गरेका छन् । सहयोग गर्नु आफ्नो जिम्मेवारी भएकाले राहतबारे चर्चा गर्नुभन्दा पनि कर्तव्य निर्वाह गरेको उनको भनाई छ । उनले विभिन्न व्यक्ति र संघसंस्थाले गरेको सहयोगको खुलेरै प्रशंसा गरेकी छिन् । एकलाई अप्ठेरो परेको बेलामा मानवीयताको नाताले अरुले सहयोग गर्नु उदाहरणीय भएको उल्लेख गरेकी छिन् ।

लकडाउनकै बेला आफ्नो निर्वाचन क्षेत्र रुकुम पूर्व पुगेकी उनले जिल्लामा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री समेत उपलव्ध गराएकी थिइन् । उनले अहिले जिल्ला र काठमाडौबीच आवश्यक समन्वय गरिरहेको जनाएकी छिन् । उनले यो असहज अवस्थामा नागरिकलाई सुरक्षित भएर आफू पनि बच्न र अरुलाई पनि बचाउन समेत सबै नागरिकलाई आग्रह गरेकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु