• गुल्मीकाे मदानेमा थप एक जनामा पनि संक्रमण पुष्टी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार १९:२४

    बुटवल-प्रदेश न. ५ मा ७ जना नयाँ संक्रमित फेला परेका छन् ।  प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएसंगै  नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुमा ३ र गुल्मी मदाने गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

    गुल्मीका संक्रमित यसअघि मृत्यु भएका ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट टेसिङमा भेटिएका हुन् । ती संक्रमित यसअघि कहीँ कतै नगएको बताइएको छ । संक्रमित गाउँपालिकको केन्द्रमै रहेको १ बैंकका कर्मचारी रहेको खुलेको छ ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु