आज मिति २०७८ साउन १८ गते, साेमवारको राशिफलमनास्लु वल्र्ड कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने ३० जना विद्यार्थीलाई छात्रवृत्ति दिनेपछिल्लो २४ घण्टामा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टिबालिका आश्रमका बालिकाहरुलाई क्यान्सर सचेतना कायक्रम सम्पन्नलायन्स क्लब काठमाडौँ समर्पणद्धारा खाद्यान्न, पोशाक र शैक्षिक सामाग्री सहयोगआज मिति २०७८ साउन १७ गते, आइतवारको राशिफलपछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिजोन चियरपर्सन लायन राजन श्रेष्ठको अध्यक्षतामा डिस्ट्रिक्ट गभर्नर सल्लाहकार समितिको पहिलो बैठक बुधबार सम्पन्नहेर्नुस् आज मिति २०७८ साउन १६ गते, शनिवारको राशिफलAmbassador SH.Shah called uponPrime minister Deuba
  • मनिषा कोइराला बुवा-आमासँगै अब छिट्टै नेपाल आउने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ जेष्ठ २०७७, आईतवार १३:०९

    काठमाडौं- मनिषा कोइराला यतिवेला मिडियामा छाएकी छिन् । एक समय भारतीय चलचित्र उद्योग बलिउडमा राज गरेकी नायिका मनिषाले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे परराष्टमन्त्री प्रदीप ज्ञवालीले खुशी व्यक्त गरेर गरेको ट्विटलाई रिट्वट गर्दै गरेको टिप्पणीका कारण उनी भारतीय मिडियाको तारो बनेकी थिईन् ।

    मनिषाले लिपुलेक, लिम्पियाधुरा र कालापानी समावेश गरेर नक्सा प्रकाशन गर्ने सरकारको निर्णयको स्वागत गदै सानो देशको स्वाभिमान राखेको प्रतिक्रिया दिएका थिईन् । उनले यो विषयमा नेपाल, भारत र चीनबीच शान्पिूर्ण र सम्मानपूर्वक सम्वाद गर्नुपर्ने पनि स्पष्ट पारेकी थिईन् ।

    मनिषाको ट्विट भारतीय मिडियाका लागि असह्य भयो । उनीहरुले उनलाई भारतको खाएर चीनको गाएको पनि आरोप लगाए । मनिषामाथि भारतीय मिडियाले तुच्छ टिप्पणी गरेपछि काठमाडौं र पूरा विश्वभरि छरिएर रहेका नेपालीहरु मनिषाको पक्षमा उभिएर भारतीय मिडियालाई जवाफ फर्काएका थिए । ट्विटरमासमेत मनिषाको पक्षमा नेपालीहरु खरो उत्रिएका छन् ।

    मनिषा भने यतिवेला बुवा र आमासँगै भारतको मुम्बईमा छिन् । मनिषाका बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइराला गत बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो । तर, लकडाउन सुरु भएको कारण उनीहरु मुम्बईमै अड्किए । मनिषाका बुवा प्रकाश कोइरालाले दिएको जानकारीअनुसार उनीहरु जतिसक्दो चाँडै नेपाल आउने कार्यक्रम छ । उनीहरुको साथमा छोरी मनिषापनि काठमाडौं आउँदैछिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु