कमल राज पुरी /गुल्मी-छिमेकी गाउपालिका मदानेमा कोरोना सँक्रमित भेटिएपछी मालिका गाउपालिका वडा नम्बर ८ पुर्ण रुपमा शिल गरिएको थियो । तर आज बिहान बसेको वडाको बैठकले केही खुकुलो गराउने निर्णय गरेको छ ।
हप्तामा एक दिन पसल खोल्दा सबै एकैपटक आएर भिडभाड हुने भएकाले शनिवार बाहेक बिहान ७ बजेदेखि ९ बजेसम्म दुईघण्टा पसल खुला गर्ने, आईतबार र बिहिवार बिहान १० बजेसम्म र बेलुकी ३ बजेपछी उज्यालो रहदासम्म निर्माण सामाग्री ढुवानी गर्न पाउने , मँगलबार र शुक्रबार खाद्यान्न तथा कृर्षि सामाग्री ढुवानी गर्ने र सबै बैँक तथा बितिय सँस्था बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने निर्णय भएको छ |
मालिका ८ मा रहेको मालिका मा वि को क्वारेन्टाईनमा अहिलेसम्म १५ जना रहेको र बाहिर बाट आउने सँख्या दिनानुदिन बढिरहेको हुदा वडामा रहेका अन्य विद्यालयमा पनि क्वारेन्टाईन बनाउने वडा अध्यक्ष टीका जिसीले बताए । खाद्यान्न, कृर्षि तथा पशुपँक्षीव्यावसाय सम्बन्धी ढुवानी गर्ने सवारीलाई र बिरामीको लागि एम्वुलेन्सको अभाव भएमा अन्य सवारीलाई अनुमति प्रदान गरिनेछ । सुरक्षाकर्मी र स्वयमसेवकका सवारी चल्न पाउनेछन भने यसभन्दा बाहेकका अन्य सबारीलाई रोक लगाईएको छ ।
सम्बन्धित शीर्षकहरु