• कृषकलाई बिना धितो साहुलियत दरमा ऋणको व्यवस्था गर्न अपिल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार १५:२९

    विश्व महामारीको फैलिएको कोरोना भाइरस कोभिड 19 बाट अहिले धेरैको रोजगार गुमे सगै कृषकहरूलाई पनि उत्पादनमा उतिकै मार परेको छ । लक डाउनका प्रभावका कारण उद्योग व्यवसाय , शिक्षण संस्था , यातायात , पर्यटन व्यवसाय अहिले ठप्प रहेसगै कृषि व्यवसाय समेत तल खस्किने अवस्था सिर्जना हुदै गएको छ । ३० अर्वभन्दा बढी लगानीमा व्यवसाय गर्दै आएका ५ लाख भन्दा बढीले कृषि रोजगार गर्दै आएका कृषक अहिले आफ्नो उत्पादन विभिन्न स्थानहरूमा पठाउन नपाउदा दूधहरु लगायतका अन्य उत्पादनमा लक डाउनको असर पर्दै गएको छ ।

    आज नेपाल डेरी एसोसिएसन एक प्रेस विज्ञप्ती दिदै विश्वका विभिन्न मुलुकहरूमा बृहत राहतको व्यवस्था भइरहेको समयमा नेपाल सरकारलाई कृषकको निम्ति राहत प्याकेजको घोषणा गर्नका निम्ति ध्यानाकर्षण गराएका छन् ।

    विदेशबाट फर्कने ४० लाख बेरोजगारको व्यवस्थापनको पाटो वनेको कृषिको कुल ग्राहस्थ उत्पादनमा दुधले ९ प्रतिशत स्थान ओगटेको छ । दूध व्यवसायी किसान लक डाउनका कारण मार्कामा पर्ने भएपछि उक्त व्यवसायलाई व्यवस्थित बनाउन समेत नेपाल डेरी एसोसिएसन नेपालले कृषकलाई बिना धितो साहुलियत दरमा ऋणको व्यवस्था गर्न अपिल गरेका छन ।

    उद्योगहरुले व्यवसायका निम्ति लिएको रकम लकडाउनका प्रभावका कारण व्यवसाय डुब्ने भएपछि २ वर्ष भाका बढाएर लकडाउन अवधिका व्याज मिनाह गर्न समेत प्रेस विज्ञप्तिमा जनाएका छन्।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु