एजेन्सी- भारत कोरोना संक्रमित बढी हुने देशमध्ये १० स्थानमा परेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले हालै सार्वजनिक गरेको तथ्यांकमा भारतले संक्रमितको संख्यामा इरानलाई पछि छोड्दै १०औं स्थानमा रहेको हो । भारतमा बिगत २४ घण्टामा ६ हजार ९ सय ९९ नयाँ संक्रमित भेटिएका छन् भने १ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म ४ हजार २१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख ३८ हजार ८ सय बढी पुगेको छ ।