• अलि अलि सेक्सी छु त्यसैले त अरुले हेर्छन्: गायिका साबित्री

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार १३:४४
    नेपाली लोक दोहोरी र गीत संगीतको क्षेत्रमा सर्वाधिक व्यस्त एउटा नाम हो साबित्री प्रिथी। स्वदेश तथा विदेशमा समेत आफ्नो गायनबाट दर्शकहरुको मन जित्दै आएकी प्रिथी ‘स्टेजमा समेत उत्तिकै जमेकी गायिकामा पर्छिन । उनले दर्जनभन्दा बढी गीत र भिडियोमा अभिनय गरेकी छिन । आर्कर्षक अनुहार एवं जीउडालकी प्रिथी मोडलिङमा समेत पारंगत छिन् ।
    उनीसँग लकडाउनको सेरोफेरोमा रहेर न्युज लाइन्सनेपाल डटकमका सह-सम्पादक शिशिर पाण्डेले गरेको संक्षिप्त कुराकानी:
    लकडाउनमा दिनहरु कसरी बिताउदै हुनुहुन्छ ?
    लकडाउनका नियम पालना गर्दैछु । लकडाउन खुलेपछि आउट गर्ने हिसाबले नयाँ गीतको योजना बनाउँदैछु । घरमै बस्छु, खेत बारीको काममा परिवारलाई सहयोग गदैछु साथै नियमित व्यायाम गर्छु ।
    तपाईलाई कुन गीतले चिनायो ?
    -मलाई मन पराउनेलाई छड्के सलाम भो र वहि मेरो बैशंको जिम्मा लिन्छौं र भन्ने गीत ले अलि बढी चिनायो
    भविश्यको लक्ष्य के छ ?
    -गीतसंगितकै क्षेत्रमा स्थापित हुन चाहन्छु ।
    अहिले सम्म कतिवटा गीत गाउनुभयो ?
    -तिन दर्जनभन्दा बढी भयो ।
    पछिल्लो समय मोडलिङ पनि गर्नुभएको छ नि ?
    – गायिका नामले मात्र चिनिएर पुग्दैन । अनुहारले पनि चिनिनुपर्दो रहेछ भन्ने मेरो बुझाइ रहेको छ । आफूलाई चिनाउनका लागि मोडलिङ पनि थालेकी हुँ ।
    प्रेम त पक्कै होला ? ड्रिम ब्वाइ ?
    -अहिले मेरो ध्यान प्रेमतिर छैन । अफर त आउने गरेका छन् । आकर्षक हुनै पर्यो फिल्ड बुझ्ने ।
    सेक्स लाई कसरी लिनु हुन्छ ?
    -दुई आत्माको मिलन ।
    आफू कत्तीको सेक्सी लाग्छ ?
    अलि अलि सेक्सी छु त्यसैले त अरुले हेर्छन्।
    बिहे गर्ने सुरसारमा हुनुहुन्छ की ?
    -अहिलेसम्म छैन, अब विचार गर्नुपर्ला ।
    अन्तमा कोरोनाबाट बच्न तपाईले के गर्दै आउनुभएको छ ?
    -सेल्फ क्वारेण्टाईमा छु । घर भित्रै बस्ने । मिठो मसिनो खाने भन्छ नि, हँ त्यस्तै हो । पसल जाँदा माक्स लाउन्छु । हात धोइरहन्छु । त्यस्तै हो
    तपाईका स्रोता, दर्शकलाई के आग्रह गर्न चाहनुहुन्छ ?
    -स्रोता, दर्शकलाई मेरो आग्रह छ–कोरोना पूर्ण रुपमा अन्त्य नभएसम्म घरमै बस्नुहोला । आफ्नो केयर गर्नुहोला । घरमै बसौँ, सुरक्षित रऔँ ।
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु