सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

स्मार्ट टेलिकमको डेटामा भ्वाइस कल निःशूल्क

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते, मंगलवार १६:०१

काठमाडौं – निजी मोबाइल सेवाप्रदाय कम्पनी स्मार्ट टेलिकमले आकर्षक अफर सार्वजनिक गरेको छ ।

कम्पनीले डेटा प्याक खरीद गर्ने ग्राहकहरुका लागि निःशूल्क रुपमा अनलिमिटेड भ्वाइस कल उपलब्ध गराउने गराउने भएको हो ।

कम्पनीको योजनाअनुसार ३ जीबीको साप्ताहिक डेटा प्याक खरीद गर्ने प्रयोगकर्ताले प्याक अवधिभरका लागि निःशूल्क भ्वाइस कलको सुविधा पाउनेछन् । यद्यपी यस्तो भ्वाइसकल स्मार्ट देखि स्मार्टकै नम्बरमा मात्रै मान्य हुने कम्पनीले जनाएको छ ।

यो अफरलाई विक्ली कम्बो प्याक नाम दिएको कम्पनीले त्यसका लागि कर बाहेक ७६.७५ रुपैयाँ मूल्य राखेको छ । *१४१*७*२*१# डायल गरी स्मार्ट टेलिकमका प्रयोगकर्ताले यो प्याक खरीद गर्न सक्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु