बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७७२ पुग्यो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते, मंगलवार १७:२९

काठमाडौं- नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको सङ्ख्या ७७२ पुगेको जानकारी दिएका हुन् ।डा देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनीहरु महोत्तरी मनरा गाउँपालिका– १० का ३० र ३५ वर्षका पुरुष रहेका छन् । यस्तै जुम्ला घर भएका हाल बारामा रहेका दुुइजना ३५ र ३६ वर्षीय पुरुष, बारा पचरौता नगरपालिका १ का पिपरपाती माविको क्वारेन्टइमा रहेका तीनजना १९, ३० र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।

यस्तै रौतहट गौर नागरपालिकाका ८ जना व्यक्तिहरु ४ देखि ४० वर्ष भित्रका रहेका छन् । उनीहरुमध्ये ७ जना पुरुष र एकजना महिला छन्।यस्तै रौतहटकै देवाही गुनाइ नगरपालिका र धर्राइगुनाइ नगरपालिकाका ६ जना रहेका छन् । उनीहरु १८ देखि ४१ वर्ष उमेर भित्रका पुरुष रहेका छन् । यस्तै रौतहटकै करुनीया १ र ४ का ६ जना व्यक्तिहरु रहेका छन् । उनीहरु २६ देखि ४८ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै रौतहटकै राजदेवि नगरपालिकाका २२ वर्षीया पुरुष, रौतहटकै गरुणा नगरपालिकाका एकजना २४ वर्षीया पुरुष र सिराहा नवराजपुर गाउँपालिकाका एकजना १८ वर्षीय पुरुष रहेका छन् । यस्तै सिराहाकै भगवानपुर गाउँपालिकाका ४ जना २५ देखि २९ वर्षका पुरुषहरु पनि संक्रमित भएका छन् । यस्तै धनुषा वेलामुखियापति गाउँपालिकाका कोभिड १९ अस्पताल जनकपुरमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज २ का २२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ आएको छ ।उनीहरु कपिलवस्तु मायादेवि ७ का दुुइजना २२ र ५० वर्षीया पुरुष, अर्घाखाँची कमलामाविका २ जना १९ र ४३ वर्षका पुरुष, गुल्मी धुर्कोटका दुई जना पुरुष र लुम्बिनी अस्पतालका एकजना २२ वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार प्रदेश अस्पताल सुर्खेतको पशुपन्छी रोथ अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सुर्खेत विरेन्द्रनगरका ९ देखि ४६ वर्षका ८ पुरुष र एक जना महिला रहेका छन् । यस्तै सुर्खेतकै दुईजना भेरीगंगाका १६ र १७ वर्षीय पुरुष, सुर्खेतकै सिमताका ३५ र ४९ वर्षका दुई जना पुरुष रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार नेपालगञ्जमा थप ७ जनामा पोजेटिभ देखिएको छ । उनीहरु बाँके डुडुवाका एक जना २०, २१, ३६, ४० वर्षीया पुरुष, बाँकेको राप्ती सोनारी वडा नम्बर ३ का एक जना ४६वर्षीया पुरुष,  वडा नम्बर ९ का एक जना ३८ वर्षीय पुरुष र बाँकेकै वैजनाथ ३ का ३० वर्षीय पुरुष रहेका छन् ।यस्तै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।जसमध्ये २ वर्षीया बालिकालगायत २९ वर्षदेखि ५५ वर्षका ३२ जना पुरुष रहेका छन् । डा देवकोटाका अनुसार उनीहरु कपिलवस्तुको यशोधरा गाउँपालिकाको वडा नम्बर १, २ र ८ का रहेका छन् ।

उनका अनुसार नारायणी अस्पतालबाट थप ४३ जना कोभिड-१९ मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा निको हुनेको कुल संख्या १५५ पुगेको छ। सङ्क्रमण पुष्टि भएकामध्ये चार जनाको मृत्यु भएको छ।अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्क्रमित छन्। मंगलबार अपराह्णसम्म देशका विभिन्न स्थानमा ५५,२८२जना क्वारेन्टाइनमा भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।हालसम्म कुल ४६ जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु