• विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १०:२१

    काठमाडौ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बुधबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार २ सय २५ पुगेको छ भने संक्रमितको संख्या ५६ लाख ८४ हजार ७ सय ९५ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २४ लाख ३० हजार ५ सय ९३ जना उपचारपछि निको भएका छन् ।

    हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ५ सय ७२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख २५ हजार २ सय ७५ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ४ लाख ७९ हजार ९ सय ६९ जना निको भइसकेका छन् ।

    त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ हजार ९ सय ५५ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३० हजार ५ सय ५५ पुगेको छ । त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २४ हजार ५ सय ९३ पुगेको छ भने संक्रमितको संख्या ३ लाख ९४ हजार ५ सय ७ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु