• आई. ओ. भि.”नेपाल शाखा को अध्यक्षमा सीतल आचार्य ‘सिता’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ जेष्ठ २०७७, बुधबार १२:३३

    काठमाडौँ ।
    लामो समय देखी साँस्कृतिक कला तथा संगीतमा लागेर नेपाल मात्रा नभई विश्वाका ५० भन्दा बढी देशहरुमा कला संस्कृतिको मध्यम बाट विश्व माझ आफ्नो परिचय दिनु भएका एक हुनहार संस्कृतकर्मी, कलाकार, मोडेल तथा कुसल ब्यबस्थापक श्री सीतल आचार्य ‘सिता’ अन्तर्राष्ट्रिय साँस्कृतिक महासंघ “आई. ओ. भि.” (International Organization of Folk Arts “IOV”)


    नेपाल सेक्सनको अध्यक्ष जस्तो गरिमामाय पदमा ४ बर्षको लागि मनोनित हुनुभएको छ। कोरोनाको माहामारीको कारण भिडियो कन्फ्रेन्स बाट बसेको बोर्ड मीटिङले केही समय देखी रिक्त रहेको IOV Nepal Section (नेपाल शाखा) अध्यक्ष पदमा आचार्यलाई मनोनित गरिएको हो।
    एभरेष्ट नेपाल कल्चरल ग्रुपमा २०१२ देखी आबद्ध रही निरन्तर लोक कला, संस्कृतिको संरक्षण प्रबर्द्धन तथा सम्बर्धनमा लागि पर्नु भएका साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा लोक कला, संस्कृतिको उत्थानका लागि पर्नु भएको कलाकर्मीलाई अन्तर्राष्ट्रिय साँस्कृतिक महासंघ “आई. ओ. भि.” (International Organization of Folk Arts “IOV”) ले वहाँको कार्य दख्ल्ताको उच्च मुल्याङ्कन गर्दै नेपाल शाखाको अध्यक्ष पदमा मनोनीत गरेको हो।

    यस IOV माहसंघको मुख्य उदेश्य बिश्वमा लोक संस्कृतिको संरक्षण तथा सम्बर्दन प्रबर्द्धन गर्ने र बिधिन्न देशमा अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेला साथै अन्तर्राष्ट्रिय स्तर को प्रतियोगित आयोजना गर्ने र बिभन्न देशको लोक संस्कृतिको बारेमा रिसर्च गर्ने रहेको छ। महासंघमा १५० भन्दा बढी सदस्य राष्ट्र रहेको यस IOV महासंघ १९७९ मा स्थापना भएको हो। आचार्य लाई कार्यकालको हार्दिक शुभकामना।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु