दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जन्मदिनमा पीडितलाई अशोकको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते, बुधबार १६:०७

काठमाडौं, जेठ १४ गते ।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष एवं तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले आफ्नो जन्म दिनमा मृगौला रोगी राजन श्रेष्ठलाई बुधबार आर्थिक र खाद्यान्न सहयोग गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिका वडा ४ सिम्खडा गाउँका श्रेष्ठलाई १८ हजार नगद र खाद्यान्न सहयोग गरेका हुन् । सो अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाको पनि उपस्थिति रहेको थियो । कम्जोर आर्थिक अवस्थाका कारण श्रेष्ठले आफ्ना तीन सन्तानलाई विद्यालय समेत पठाउन सकिरहेका छैनन् । उनीहरुको पठनपाठनको निरन्तरताका लागि पहल गर्ने मेयर थापाले प्रतिबद्धता जनाएका छन् ।
बुधबारै अशोकले विभिन्न ४ प्रहरी प्रभागमा मास्क पनि वितरण गरे ।


कोरोना भाइरस (कोभिड– १९) रोकथाम र नियन्त्रणका लागि ‘फ्रन्टलाइन’ मा खटिएका सुन्दरीजल, माकलवारी, साँखु र काँडाघारी महानगरीय प्रहरी प्रभागमा कार्यरत सुरक्षाकर्मीहरुलाई एन ९५ मास्क र सर्जिकल मास्क वितरण गरिएको हो । चार प्रहरी प्रभागमा जम्मा ८४ थान एन ९५ मास्क र १ सय ४४ थान सर्जिकल मास्क वितरण गरिएको अशोकले जानकारी दिए । सो अवसरमा शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, वडा ७ का अध्यक्ष अमरचन्द्र बोहरा, तेक्वान्दो खेलाडी पुष्पप्रसाद गौतमको पनि उपस्थिति रहेको थियो । त्यस्तै अशोकले गोकर्ण मन्दिर हातामा रहेका बादर, चराचुरुगी र कुकुरलाई आहारा पनि खुवाए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु