कमल राज पुरी
नेपालमा धान पछीको दोस्रो खाद्यान्न वाली मकै हो । मकै छरेदेखि नभित्र्याउने समयसम्म विभिन्न किराहरुले क्षति पु-याउन सक्छन । नेपालमा केही वर्ष यता अमेरिकी
फौजी किरा नामको किरा विभिन्न वालीमा देखा परेको छ । यो अमेरीकामा पहिलो पटक सन २०१६ मा देखा परेको थियो । केहिवर्ष यता भारत लगायत नेपालमा पनि यसले असर पु-याएको छ । नेपालमा सन २०१९ मा पहिलोपटक नवलपुरमा देखा परेको थियो । यो किराले सबै वालीमा असर गर्ने यस विषयका जानकारहरु बताउछन ।
पहिलेको वर्षभन्दा अहिले नेपालका पहाडी क्षेत्र गुल्मी, पाल्पा ,अर्घाखाँची लगायतका जिल्लाहरुमा धेरै असर गरेको छ । यसबाट किसानहरु ठूलो समस्यामा परेको गुल्मीमा मकै खेति गरेका किसानहरुले गुनासो गरेका छन । उनि भन्छन ” सधै उत्पादन हुनेभन्दा ५० प्रतिशत मकै पनि उत्पादन हुने अवस्था छैन ।”
यो किरा हो भनेर कसरी पत्ता लगाउने ?
१) यसको लार्भा सुरुमा सेतो वा हल्का हरियो रँगको हुन्छ र टाउको को भाग कालो हुन्छ ।
२) यसको अण्डा सेतो र खैरो रँगको हुन्छ । अण्डा पातको तल्लो भागमा हुन्छ ।
३) यसले पात, गुभो देखि घोगासम्म असर पु-याउन सक्छ ।
४) मकै लगाएको १० दिनदेखि नै यसले असर गर्न सक्छ ।
५) यसको लार्भाले धेरै खान्छ र बेलुका र रातीको समयमा बढि सक्रिय रहन्छ ।
६) विकसित हुदा यो किराको लम्बाई ४ से मी जति हुन सक्छ ।
यसलाई कसरी रोक्न सकिन्छ ?
१) मकैको वरिपरीको झारपात हटाउने ।
२) हरियो खुर्सानी र गाईको गहुत पकाएर पानीमा राखि मकैको गुभोमा राख्ने ।
३) कृर्षि प्राविधिकको सल्लाह अनुसार महाशक्ति , डायपोल, इमामेक्टिन वेन्जोयट लगायतका विषादिहरु प्रयोग गर्ने ।
यस किराको पहिचान गरि समयमा यसको रोगथाम गर्न नसकेमा यसले ठूलो क्षति गर्न सक्छ र यसले मकैमा मात्र नभएर अरु वालीमा पनि क्षति पु-याउन सक्छ । कृर्षि प्राविधिकहरु भन्छन ” समय समयमा आफुले लगाएको खेतिवाली हेरविचार गरि केही समस्या देखिएमा प्राविधिकको राय लिनुहोस ।।