ससुराली जाने हो` बोलको गित सार्वजनिकTalk Programme on “Kashmiris’ Youm-e-Istehsal”Today,सरकारलाई पूर्णता दिन नसक्नु गलत हो, छिट्टै पूर्ण बजेट ल्याउनुपर्छ : डा. रामशरण महत (भिडियो सहित)पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जना कोरोना संक्रमित थपिएइ चितवन खबरको प्रथम बार्षिकोत्सव सम्पन्नआज मिति २०७८ साउन २१ गते, बिहीवार, ५ अगस्ट को राशिफलपछिल्लो २४ घण्टामा थप ४,१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टिबजेट कम दिएको भन्दै राजधानी आएर कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष बमले भनेः कामका आधारमा बजेट चाहियो (भिडिओसहित)हेरुकाको निर्देशनमा गायिका शशिकलाको ‘हल्का हल्का’देशैभरी मनसुनी वायुको प्रभाव
  • रुकुम पूर्वमा पनि कोरोना देखिएपछि सांसद रोका चिन्तित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १०:१०

    काठमाडौं । रुकुम पूर्वमा पनि बुधबार कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य परीक्षण गर्दा ३ जनामा कोरोनाको संक्रमण देखिएकाले जिल्लामा त्रास फैलिएको छ ।
    पीसीआर चेक गरिएपछि पहिलोपटक ३ जनामा संक्रमण देखिएको त्यहाँबाट निर्वाचित नेकपाकी प्रतिनिधिसभाकी सांसद कमला रोकाले जानकारी दिइन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा कोरोना देखिएपछि यसबाट सचेत रहन स्थानीयहरुले पनि जोड दिएका छन् । सांसद रोकाले स्वास्थ्य परीक्षणको दायरा बढाउनुपर्ने बताएकी छिन् । संसद बैठक चलिरहेकाले काठमाडौंमा रहेकी उनले आफ्नो तर्फबाट आवश्यक पहल र केन्द्रबाट उपलव्ध हुने सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् । पूर्वमन्त्री र केन्द्रीय सदस्य समेत रहेकी उनले कोरोनाको त्रासका कारण उव्जेको समस्याको समाधानका लागि सबै सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छिन् ।
    लकडाउन सुरु भएपछि जिल्ला पुगेकी उनले स्वास्थ्य सामग्री समेत उपलव्ध गराएकी थिइन् । उनले संक्रमण फैलन नदिन सबैलाई शंका लागेमा स्वास्थ्य परीक्षण गर्न र आफू पनि सचेत रहन र अरुलाई पनि सचेतनासम्वन्धी चेतना बाँड्न आग्रह गरेकी छिन् । सांसद रोकाले क्वारेन्टाइनको निर्माण गर्न र अन्य आवश्यकीय तयारी गर्न प्रशासन र स्थानीय तहसँग समन्वय र छलफल गरिरहेको समेत बताएकी छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु