बिदेशबाट आएको रकम घरबाटै खातामा जम्मा गर्न सकिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते, बिहीबार १३:२९
कमल राज पुरी/गुल्मी- नेपालमा लकडाउन भएको दुइमहिना भन्दा धेरै भइसकेको छ ।
धेरै मानिसहरु घरकै काममा ब्यस्त रहेका छन भने दैनिक उपभोग्य सामान खरिद गर्न र बैकिङ्ग कामको लागि बजार क्षेत्रमा जानुपर्ने बाध्यता रहेको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले हप्ताको दुईदिन आईतबार र बुधबार बैक तथा वितिय सस्था खोल्ने विज्ञप्ती जारी गरेसँगै हप्तामा दुइदिन बैँक तथा वितिय सस्थाहरु खुलेका छन ।
विभिन्न कामको लागि बैँकमा जाने मानिसहरुको भिडभाड नै हुने गर्छ यो सँगै भिडभाड कम गर्नका लागि शाइन रेसुङ्गा बिकास बैँक लि. सिमलटारी शाखाले नया उपाए अवलम्बन गरेको छ । अब बाहिर बाट पैसा आएमा खातामा जम्मा गर्नका लागि बैँकमै पुग्नु पर्दैन जसको लागि घरमै बसेर म्यासेज वा फोन गरेर आफ्नो खातामा रकम जम्मा गर्न सकिने छ ।
बाहिर बाट पैसा आएर आफ्नो खातामा पैसा जम्मा गर्नुपर्ने भएमा पठाउने व्यक्तिको नाम , पैसा आएको नम्बर , खाता नम्बर ,नाम थर र मोवाईल नम्बर 9857057914 र 9863294843 मा पठाउनु पर्नेछ र खातामा रकम जम्मा भईसकेपछी म्यासेज मार्फत जानकारी प्राप्त हुनेछ र डिजिटल बैँकिङ्ग मार्फत घरमै बसी बसी कारोबार गर्न सकिनेछ ।
बाहिर बाट आएको रकम खातामा जम्मा गर्न आउनेहरु पनि धेरै हुदा भिडभाड कम गर्नको लागि यस्तो उपाए अवलम्वन गरेको शाइन रेसुङ्गा बिकास बैँक लि. सिमलटारीका शाखा प्रवन्धक भुवन श्रेष्ठले बताए ।।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु