• रमाउँदै लकडाउनको सदुपयोग गदै जेनिसा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार १६:१४

    म जेनिसा खनाल आकाश दिप आवसिय मा.बि. दक्षिणढोका कक्षा:३ मा पढ्छु। हामी अफ्नै पुरनो घर चितवनमा आएका छौ। स्कुल को परीक्षा सकेर म, ममि र बहिनी चितवनमा आएका हौ।

    कोरोना भाइरस आर्थात (कोभिड-१९) कारण आज संसार लकडाउनमा छ । दिन-दिनै मानिसको मृत्यू भैरहेको खबर हामी सुनिरहेका छौ । कोरोनाको संक्रमण फैलन नदिन लकडाउन गरिएको हो । हामी पनि विगत दुई महिनादेखि लकडाउनमै छौं । घरभित्रै बसिरहेका छौं ।

    सुरू-सुरूमा स्कुल बन्द हुँदा मलाई खुसी लागेको थियो । तर, धेरै दिन स्कुल बन्द हुँदा नरमाइलो लाग्न थाल्यो । साथीहरूसँग भेट्न नपाउँदा, स्कुल जान नपाउँदा कस्तो-कस्तो लाग्थ्यो? ममिले कक्षा ४को किताब ल्याइदिनुभयो । मैले ती किताब पढ्न थालेँ ।

    त्यसबाहेक बिहान ११ बजेदेखि १ घन्टा हाम्रो अनलाइन कक्षा पनि चलिरहेको छ । अनलाइनमा साथीसँग भेट हुन्छ । फुर्सदमा उनीहरूसँग हल्का,फुल्का कुरा-कानि पनि हुन्छ । स्कुलले अनलाइन कक्षा चलाएर राम्रो गरिदियो । नत्र समय बिताउन पनि निकै गाह्रो हुन्थो।

    यति बेला म चित्र बनाउन पनि सिक्दैछु । युट्युवबाट हेरेर बनाउँछु । स्कुल खुलेको भए समय पाइन्नथ्यो । मैले आमा र आमाको साथीको कथामा चित्र बनाएर स्याबासी पाएँ । आमाको अनुहारमा खुसी देख्दा मलाई हौसला मिलेको छ । घरका भित्तामा टाँगिएका चित्र हेरेर मैले बनाइसकेँ । चित्र कोर्दा हाम्रो दिमाग तेज हुन्छ? भन्नु हुन्छ मेरो घरको आमा।

    यस बाहेक म गाऊका मेरा साथीहरु सँग-सँगै पढ्छु र फोहोर खेलन हुन्न भनेर सिकाऊछु।साँझ पाँच बजेपछि छिमेकका साथीहरूसँग व्याटमिन्टन खेल्छु । यसले शरीर तन्दुरुस्त राख्न मद्धत गर्छ । बाबाले खेल्ने, पढ्ने र टिभी हेर्ने टाइमटेबुल बनाइदिनु भएको छ ।

    उहाँको अफिस चलेको छ। पेसाले पत्रकारिता गर्नु हुन्छ। मेरो र बाबाको फोनमा कुरा हुन्छ। कोरोनाबाट बचनुस हौ? भन्नछु। र ममि पनि बाबालाई बाहिरबाट आएपछि ३० सकेन सँम्म मिचि-मिचि हातधुने, कपडा बाहिरै खोलेर भित्र पस्ने भन्नु हुन्नछ।

    म दिनको एक घन्टा मोबाइल फोनमा खेल्छु । मोबाइलबाट पनि धेरै ज्ञ्यान र सिप सिकन सकिन्छ।साँझमा हामी परिवारै बसेर समाचार र महाभारत हेर्छौं । कहिलेकाहिँ फिलिम पनि हेर्छौं।

    स्कुल चलेका बेला टिभी हेर्ने फुर्सद हुँदैन । बिदाका दिनमा भने हेर्छु । अचेल लकडाउन छ । म टिभीमा प्रायः जोग्राफी च्यानल हेर्छु । त्यसमा जनाबरको विषयमा धेरै कुरा जानकारी हुन्छ । त्यसमा मान्छेका रोमाञ्चक कामहरू पनि देखाइन्छ ।

    किन-कि मेरो बाबाको पनि फोटो र भिडियोको राम्रो ज्ञ्यान छ।त्यस्तै विभिन्न देशको भूगोल र अनौठा कुरा पनि देख्न पाइन्छ । त्यसमा सँसारको रहनसहन, संस्कृति, जीवनशैली, कला, जिवन र विज्ञानका कुरा हेर्न र सिक्न पाइन्छ ।

    म पहिला पहिला आइरन म्यानका कार्टुन हेर्थें । अचेल स्टार मूभिमा चलचित्र हेर्छु । युट्युवमा चाहिँ कमेडी भिडियो मन पराउँछु ।

    मेरो सानो बहिनी पनि छ। धेरै चक-चके छ। ममि घरको काम हुदा मलाइ बहिनी हेर्न र समालन निकै ह्यम-ह्यम पर्छ। तर पनि सानो छ माया लाग्छ। फेरी पनि एउटा पुरानो कपि र कलम दिन्छु त्यसमै भुल्छे? म मेरो काममा ब्यास्त हुन्छु।

    लकडाउन नभएको भए हामी घुम्न जान्थ्यौं होला? अहिले घरमा बसिरहँदा भोक मात्र लाग्छ । के के खान मन लाग्छ । त्यसैले दिउँसो दिदी र म युट्युव हेरेर खानेकुरा बनाउँछौं । कहिले पानीपुरी त कहिले लालमोहन, कहिले जेरी त कहिले बिरयानी ।

    यसरी बनाएर खाँदा खान नपाउने गरिबलाई सम्झन्छु । अहिले कति गाह्रो भएको होला उनीहरूलाई ? तिनलाई बाँडेर खान पाए हुन्थ्यो जस्तो लाग्छ । तर, कहाँ गएर बाँडौं ?

    अन्त्यमा:- कोरोनाबाट बच्न हामीले सरसफाइमा ध्यान दिनुपर्छ । बेलाबेलामा साबुन पानीले मिचि-मिढि हात धुने गर्नुपर्छ । अत्यावश्यक काममा बाहिर जाँदा मास्क लगाउनु पर्छ । म सबै साथीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गर्दछु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु