युवा अपांग संगठन नेपालको पहलमा सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते, बिहीबार १७:०२

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड- १९’ का कारण विश्व त्रस्त छ । युवा अपांग संगठन नेपालको पहलमा आज ५६ वर्षीय काठमाडौ महानगरपालिका ४ मा डेरा गर्दै आएका कान्छी मैनालीलाई आर्थिक साथै विविध सहयोग गरिएको छ । काभ्रे घर भइ काठमाडौमा कोठाभाडा गर्दै आएको उनी अपांग साथै आर्थिक अवस्था कमजोर भएपछि उनलाई कुनै स्थानबाट पनि आफुले सहयोग नपाएको बताएकी छिन ।

अपांग युवा संगठनका अध्यक्ष प्रकाश श्रेष्ठ को बिशेश पहलमा कोटेश्वर निवासी समाजसेवी गिता शर्माले १५०० त्यसैगरी गोकर्णेश्वर निवासी समाजसेवी विष्णु प्रसाद खनालले १ बोरा चामल हस्तान्तरण गरी सहयोग गरेका छन् । यश अघि पनि सगठनले लकडाउनका बेला विभिन्न स्थानमा पुगेर अप्ठेरोमा बिपन्न अपाङ्गता परेकाहरूलाई ३००जना लाई सहयोग गरेको अध्यक्ष श्रेष्ठ ले जानकारी दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु