• कोरोनाबाट बाँच्न ईम्युन सिस्टमा बृदि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार २२:३२

    हाल विश्वमा महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसले मानिसहरुको ईम्युन सिस्टम (शरीरको प्रतिरक्षा प्रणाली)का बारेमा चर्चा चलिरहेको छ । हामीलाई यो कोरोना भाईरस लागिहालेमा पनि यदि हाम्रो शरीरको प्रतिरक्षा प्रणाली बलियो छ भने सामान्य प्रभाव देखिएर सञ्चो हुने अथवा शरीरको प्रतिरक्षा प्रणालीले जित्ने प्रमाणित भएको छ । हाम्रो देश दुई महिना भन्दा बढि लकडाउन लागु हुँदापनि संक्रमितहरुको संख्या तिब्र गतिमा बढ्दो छ । विश्व स्वास्थ्य संगठनले यो कोविड १९ तुरुन्तै नियन्त्रण हुँदैन मानिसहरुले अब कोरोनासंगै बाँचन सिक्नुपर्छ भनिसकेको छ । यस्तो परिस्थितिमा अब हामीले शरीरको प्रतिरक्षा प्रणाली बढाउने उपायहरु अवलम्बन गर्नुपर्ने देखिन्छ । हाम्रो शरीर सञ्चालनका ११  प्रकारका प्रणालीह्ररु सुचारु रुपमा सञ्चालन हुन अथवा शरीरको मेटावोलिजम अर्डर कायम रहन यो प्रतिरक्षा प्रणालीको महत्वपूर्ण भुमिका हुन्छ ।

    ईम्युन सिस्टम भनेको शरीरको प्रतिरक्षा प्रणाली हो । यो ईम्युन सिस्टम हाम्रो शरीरले प्राकृतिक र स्वाभाविक प्रकृयाबाट प्राप्त गर्ने ताकत हो । यो हाम्रो आहार, विहार, दिनचर्या, शारीरिक कृयाकलाप, व्यवहार तथा लाइफ स्टा्ईल व्यवस्थापनबाट स्वस्फुर्तरुपमा क्रमशः तयार हुने कुरा हो । इम्युन सिस्टम हाम्रो शरीर भित्रै हुने र भित्रैबाट बत्रे कुरा हो शरीरमा बुस्ट गर्ने कुनै विशेष औषधी हुँदैन आस्ते– आस्ते तयार हुने कुरा हो । यो भाईरस, किटाणु, जिवाणु, फङगस आदि हाम्रो शरीरका शत्रुहरुलाई नष्ट गर्न सिपाहीको काम गर्ने शक्ति हो । रोगसंग लड्ने क्षमता राख्ने श्वेत रक्तकण र गुड व्याक्टेरियाहरु हुन । हाम्रो स्वास्थ्यको अवस्था हाम्रो शरीरसङ्ग रहेको ईम्युन सिस्टममा भर पर्दछ । कसैलाई रुघा, खोकी, पिनास, ज्वरो, टनसील, गानो, गोला, पखाला, शरीर दुखाई लगायत सानातिना बिमारले सताईरहने र कसैलाई सितिमिती सानातिना रोग नलाग्ने कारण उक्त व्यक्तिको शरीरमा भएको ईम्युन सिस्टमको अवस्थाले गर्दा हो । ईम्युन सिस्टम राम्रो भएको अवस्थामा हामीलाई बाहिरी किटाणु, जिवाणु, ढुसीहरुले आक्रमण गर्नसक्तैनन् अनि सितिमिती रोग लाग्दैन । हाम्रो शरीरको ईम्युन सिस्टमलाई बलियो राख्न हामीले शरीर सञ्चालनका प्राकृतिक नियमहरुलाई अपनाउनुपर्ने हुन्छ । हाम्रो ईम्युन सिस्टमलाई अद्यावधी राख्न निम्न अनुसारका कृयाकलापहरु अपनाउनु पर्दछ ।

    ईम्युन सिस्टम बढाउने कृयाकलापहरु

    १) उचित मात्राका व्ययाम, परिश्रम गर्ने, योगा, ध्यान गर्ने । परिश्रम गर्दै नगर्ने र अत्यधिक गर्ने दुबै अनुचित हो । दैािनक १ घण्टा हप्तामा ५ दिन अनिवार्य योग, व्ययाम गर्नु पर्दछ । बिहानको योग, व्ययाम र हिंडाईले इम्युन सिस्टम बढ्न मद्दत गर्दछ ।

    २) उचित मात्रामा आराम गर्ने अथवा सुत्ने । अल्छी गरी धेरै आराम गर्ने र आराम नगर्ने दुवै हानिकारक हो । संधै निश्चित समयमा कम्तीमा ६ देखि ७ घण्टा सुत्नु पर्दछ । उचित आरामले शरीरमा रिजुमिनेशन कृया सञ्चालित हुन्छ र शक्ति प्रा्प्त हुन्छ ।

    ३) सुत्ने, उठ्ने, खाने, योगव्ययाम गर्ने, मल निस्काशन गर्ने, अथवा हाम्रो लाईफ स्टाईल मेनेजमेन्ट कार्यहरु नियमित र निश्चित समयमा हुनु पर्दछ । मल निश्काशन अथवा दिशा, पिशाव, पसिना समयमा निस्कन पाएन भने शरीरभित्र टक्सीन उत्पादन हुन्छ र रोगको लागि शरीरको वातावरण तयार हुन्छ  । दिनचर्यालाई नियमित र ठीक–ठीक समयमा  सञ्चालन गर्नु पर्दछ ।

    ४) पचान प्रणाली तन्दुरुस्त राख्न खानेपिउने प्राकृतिक नियम पालना गर्नु पर्दछ । सिमीत खाने, समयमा खाने, ताजा खाने, एक खाना पचेपछि मात्रै अर्को खाना खाने, बिरुद्ध भोजन नखाने, सात्वीक खाना खाने बिशेष गरी खानामा काँचो सलाद र फलफुलको मात्रा धेरै खाने । तैयारी जङ्कफुड, फास्ट फुड, बट्टाबन्द प्याकिङ फुड सकेसम्म नखाने । दिशा पिशाव समयमा गर्ने नरोक्ने ।

    ५) प्रकृतिसंग नियमित संसर्गमा रहने । खालि खुट्टा जमिनमा हिंड्ने, घाम ताप्ने, बिहानमा चिसो पानीले नुहाउने, समय–समयमा भ्रमण गरेर प्राकृतिक सौन्दर्यमा रमाउने, हाँस्ने, खेल्ने र खुशी रहने ।

    ६) शरीरलाई आवश्यक मात्राको पानि पिउनु पर्दछ । बिउँझिनासाथ पिउने, खानाको १ घन्टा अघिपछि नपिउने, उमालेको तातोतातो र फ्रिजको चिसो नपिउने, एक–एक घुटकी पिउने नियमको पालना गर्नु पर्दछ ।

    यस्ता खाना तथा कृयाले ईम्युन सिस्टम ह्रास भएर जान्छ

    १) चिनी, चिसो, चक्लेट, बट्टाबन्द जुस, कृत्रिम गुलियो आदिले श्वेत रक्तकणहरुमा भिटामिन सि पुग्न दिंदैन र ईम्युन सिस्टम घटाउँछ । सट्टामा नेचुरल सुगर युक्त फलफुल खानुपर्दछ ।

    २) अधिक अल्कोहलको सेवनले श्वेत रक्तकणीकाहरु बत्रे प्रकृया अबरुद्ध हुन्छ शरीरमा मेटावोलिजम डिसअर्डर हुन्छ र ईम्युन सिस्टम नाश हुन्छ ।

    ३) धुम्रपानले शरीरको ईम्युन सिस्टम नाश गर्दछ । धुम्रपानमा पाईने इमोनिया, निकोटिन, आर्सेनिक तत्वले ईम्युन सिस्टम नाश गर्दछ ।

    ४) अत्यधिक चिया, कफिले पनि स्नायु प्रणालीलाई धेरै उत्तेजित पार्दछ । यसमा पाईने क्याफिनले उत्तेजना दिन्छ र ईम्युन सिस्टम ह्रास हुन्छ । धेरै कफिले व्लड सुगर, कोलेस्ट्रोल बृद्धि गर्दछ जसले रक्तसञ्चार प्रणालीलाई समेत प्रभाव पार्दछ, रगतमा अम्लीयपन बृद्धि हुन्छ । बढिमा दिनमा २ कप पिउन सकिन्छ

    ५) नियमित जंक फुड, फास्ट फुड, बट्टाबन्द प्याकिङ तैयारी खानाहरुले पनि पाचन प्रणालीको ईम्युन सिस्टम नष्ट हुन्छ । यस्ता खानामा रहेको प्रिजर्वेटिभ रसायन, टेस्टीङ पाउडर, अशुद्ध चिल्लो रहेको हुन्छ । सेतो चिनी, सेतो नून, रिफाइन तेल स्वास्थ्यको लागि हानीकारक हो ।

    ६) धेरै र लगातार रिसाईरहने, झगडा गर्ने बानीले ईम्युन सिस्टम तिब्ररुपमा नास हुन्छ । डिप्रेशन, चिन्ताले पनि ईम्युन सिस्टम ह्रास हुन्छ ।

    ७) रासायनिक तथा एलोपेथिक औषधीको डाक्टरी सल्लाह बिना लापरवाही र अधिक प्रयोगले ईम्युन सिस्टम घट्छ ।

    इम्युन सिस्टम बढाउन सहयोगी हुने घरेलु उपायहरु

    १) दालचिनी, धनियाँ, बेसारको बराबर मिश्रण चूर्ण बिहान बेलुका एक–एक चमच खाना पहिला ७ देखि १४ दिन सम्म बर्षमा ४ पटक मौसम परिवर्तन हुनेवेला मनतातो पानीसंग खाने रुघा, जुकाम, खाँसी ज्वरोमा पनि लाभ हुन्छ ।

    २) निमपत्ता ६–७, तुलसीपत्ता ६–७ वटा, हल्दी टुक्रा एक औंला बराबर, गुर्जो एक औंला बराबर सबै कुटेर एक कप पानीमा पकाएर आधाकप बनाउने चिसो भएपछि मह मिसाएर खाने । बिहान साँझ खान खाएको आधा घन्टा पछि ७ देखि १४ दिन सम्म खाने ।

    ३) अश्वगन्धा, जेठीमधु, कुरिलो, गुर्जो, सतुवा, सेतो मुसली हरुको पाएजति जडीबुटीको बराबर मिश्रण चूर्ण बिहान र साँझ मह र मनतातो दुधसंग मिसाएर खाने ।

    हल कोविड १९ को महामारीको लागि भारतको आयुष मन्त्रालयले तातोपानी, बेसार, गुर्जो, अदुवा, मरिच, जिरा, दालचिनी रिफर गरेको छ । चिनमा पनि कोविड १९ संक्रमितहरुलाई परम्परागत चिनियाँ औषधीहरु प्रभाकारी रहेको भनिएको छ । बेसारको चिया, गुर्जोको चिया, दालचिनीको चिया, ज्वानोको चिया, चिनी नराखेको तातो कागति पानी, तुलसीको चिया, अदुवाको चिया, जिरामरिच चिया, त्रिकटु आदि व्यक्तिको शरीरको प्रकृति र स्वास्थ्य अवस्था अनुसार प्रयोग गर्न सकिन्छ । आयुर्वेदमा चियालाई काढा भनिन्छ र यो सामान्य चिया भन्दा धेरै समय उमाल्नु पर्दछ ।

    ऋषिमुनि आयुर्वेद, धर्म महारस ९७४११५५१२६, ९८४९५१२४२०

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु