• समाजसेवी पाण्डेद्वारा अर्घाखाँची मालारानी गाउँपालिकाका दलित परिवारलाई १५ दिनको खाद्यान्न उपलब्ध

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ जेष्ठ २०७७, बिहीबार २३:३३

    काठमाडौ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोविड–१९)को रोकथामका लागि भारत सरकारले लगाएको बन्दाबन्दी(लकडाउन) का कारण भारतमा लाखौँको संख्यामा नेपालीहरु समस्यामा परेका छन् ।

    यसैक्रममा नेपालको अघार्खाची जिल्लामा जन्मिएका बालकृष्ण पाण्डे जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष एवम् नेपाली काँग्रेस केन्द्रिय आमन्त्रित सदस्य समाजसेवी बालकृष्ण प्रवासी जीवन ब्यथित गर्ने क्रममा उनले लामो समय देखी भारतलाई आफ्नो कर्मभुमी बनाउदै आएका छन् ।प्रवासमा रहदै गर्दा उनले नेपाल र नेपालीहरु उपर लगाउदै आएको गुण वास्तवमै तारिफ योग्य र बिर्सन नहुने खालका छन् ।

    राजनीतिक एबम सामाजिक चेतका धनी पाण्डेले प्रवासी जीवन गुजार्दै गर्दाका पाण्डेले फरिदाबादमा अर्घाखाँची मालारानी गाउँपालिकाका ७ दलित परिवारलाई १५ दिनको खाद्यान्न उपलब्ध गराएका छन् । त्यस्तै पाण्डेकै नेतृत्व र पहलमा उत्तराखण्ड रुद्र प्रयागमा ६३ दिन देखी क्वारेन्टाइनमा बसेका दैलेख जिल्ला ठाटिकाड गाउँपालिका ४९ घोडाघोडी गाउँपालिका १ जना गरि ५० जना बेरोजगार नेपाल मजदुरहरुको नेपालको स्थानीयपालिकासँग समन्वय गरी उत्तराखण्ड रुद्र प्रयाग उपर जिल्ला अधिकार रुद्रपुर जिल्लाबाट अनुमती दिलाइ नेपाल फर्काउन अनुमति लिएका छन् ।

    अध्यक्ष पाण्डेले उनीहरुको एऋच् चेक गरिने र पुनः गाउँपालिकामा पनि कोरेन्टाइन राख्ने गरि नेपाल फर्काइने जानकारी गराएका छन् । उनले यो अभियानमा जानकारी दिने दक्षिण भारतका महासचिव बिमल विष्ट, शाखा अध्यक्ष विवेश शाही, नेपालमा बसी सहयोगी भूमिका खेलिरहेका महेन्द्रबहादुर शाही, देहरादुनबाट प्रशासनिक सहयोगी रहेका पुजा सुब्बा, पीडितको विवरण दिने विशाल जोसि लगायतका सबै सहयोगी हातहरुमा धन्यवाद व्यक्त गरेका छन् ।

    जनसम्पर्क समिति भारतले समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने र उद्धारमा निरन्तर क्रियाशिल रहेको जानकारी गराउँदै अध्यक्ष पाण्डे भन्छन् ‘आफू सुरक्षित रहने र अरूलाई सुरक्षित रहन सरसल्लाह दिनु होला भन्दै नेपाली जनसम्पर्क समिती भारतले भारतभरी यसको प्रभावमा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ समितिका मित्रहरू दिनरात नभनी ज्यानको बाजि लगाउँदै पिडित नेपालीहरुको सहयोगमा खटिरहेका छन् ।’ नेपाली जनसम्पर्क समितिले चर्काे गाडी भाडाबाट पिडित नेपालीलाई राहत दिने उद्देश्यले सरकारी बस रेलको बारेमा केन्द्रिय अध्यक्ष पाण्डेले भारत सरकारसँग पत्रचार र वार्ता गरि पहल गरिरहेका छन् ।

     

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु